Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, जेठ ५, २०७९ ०१:४८:४८ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
बलिउडमा डेब्यू गर्दै शहनाज गिल
‘छिन्नलता प्रतिभा पुरस्कार’ अस्मितालाई प्रदान
आलेख / समिक्षा
  • Home
  • आलेख / समिक्षा
  • चलचित्रमा सङ्गीतको भूमिका
चलचित्रमा सङ्गीतको भूमिका
64x64
बिहिवार, फाल्गुन २६, २०७८ सन्तोष श्रेष्ठ
  • सन्तोष श्रेष्ठ, सङ्गीतकार

जब चलचित्रको विषयमा कलम चलाउन खोज्छु प्रश्नहरुको पहाड अगाडि उभिएको महसुुस गर्दछु । अनि चलचित्र भित्रकै एक महत्वपूर्ण भाग चलचित्र सङ्गीतको बारेमा कलम चलाउन खोज्छु त्यहाँ पनि पौडिएर पार गर्न गाह्रो हुन्छ । त्यहाँ पनि प्रश्नै प्रश्नहरुको विशाल महासागर अगाडि उभिएको महसुस गर्दछु । अब मेरै अगाडि उभिएको विशाल पहाड र विशाल महासागरलाई छिचोल्दै कसरी अगाडि बढ्ने भन्ने महत्वपूर्ण प्रश्न अगाडि उभिएको नै छ । पहाडहरुलाई छिचोल्दै अनि विशाल महासागरबाट पौडिदै धेरै पर पुगेर मैले देखेका जटिल प्रश्नहरुको सहज उत्तर भेटाउन त्यति सजिलो त छैन ।

यो क्षितिज भेटाउन हिडेको जस्तै हो भन्ने लाग्दछ । तर पनि संसारमा असम्भव पनि के नै छ र । हामीले खोज अनुसन्धानलाई अगाडि बढायौं भने असम्भव पनि सम्भव भएर नै आउँछ । अगाडि बढाउन खोजिएको विषयलाई हामीले हेर्ने दृष्टिकोण, बुझ्ने दृष्टिकोण अनि महसुस गर्ने दृष्टिकोण कस्तो रहन्छ भन्ने नै महत्वपूर्ण विषय हो । उज्यालो आँखाले हेर्ने सोच बनायौं भने उज्याले देखिन थाल्छ । त्यही विषयलाई अँध्यारो आँखाले हेर्ने सोच बनायौं भने पुरै अध्यारो देखिन थाल्छ । अँध्यारो र उज्यालो र अँध्यारो एक अर्काको परिपुरक विषय पनि हुन् । किनभने अँध्यारो नभएको भए उज्यालो कसरी हुन्थ्यो । उज्यालो नभएको भै अँध्यारो कसरी हुन्थ्यो । उज्यालो–अँध्यारो वा राम्रो नराम्रो एक सिक्काका दुई पाटा हुन् । त्यही उज्यालो अँध्यारोको बिचबाट थुप्रै प्रश्नहरु र उत्तरहरु अगाडि उभिएका हुन्छन् । तीनै प्रश्न उत्तरहरुको विशाल पहाड र विशाल महासागर भत्काउँदै र पार गर्दै पर पुग्ने वा मनभित्र भएका विविध समस्याको समाधान खोज्ने प्रयत्न गरिएको छ ।

चलचित्र समाजको प्रतिविम्ब हो भनिन्छ । चलचित्रले समाजलाई अगाडिको असल बाटो देखाउनको लागि अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । समाजको प्रतिबिम्वित विषय भैसकेपछि समाजको सभ्यता र संस्कृतिको विषयमा पनि गम्भीर हुन त्यत्तिकै आवश्यक हुन्छ । तर हामीले नेपाली चलचित्र दृश्यावलोकन गर्दै जाँदा कतिपय चलचित्रहरुमा समाज प्रतिबिम्वित भएर आएको पाइँदैन । समाजका विविध विषयहरु वा यो राष्ट्रका विविध विषयहरुलाई जुन ढङ्गले प्रस्तुत गर्नु पर्ने हो त्यो पनि नभएको पाइन्छ । चलचित्रको कथा महत्वपूर्ण विषय हो । त्यसैको आधारमा अन्य विषय घुम्ने काम भएको हुन्छ । कथा सकारात्मक हुन्छ वा नकारात्मक त्यही विषय सबैभन्दा महत्वपूर्ण रहन्छ । हामीले असल कुरा देखाउने कि गलत कुरा सिकाउने हामी भित्र केन्द्रित विषय हो । चलचित्रलाई गम्भीर विषयको रुपमा लिने हो कि केवल मनोरञ्जन विषयको रुपमा लिने हो । सस्तो लोकप्रियता नै सबै भन्दा ठूलो कुरा हो भन्ने कि यो राष्ट्रप्रति मेरो पनि महत्वपूर्ण भूमिका छ भन्ने सोच्ने ?

चलचित्रको कथाभित्र केन्द्रित भएर थुप्रै पटकथा, सम्वाद तयार भएका हुन्छन् । कतिपय अवस्थामा रातारात चर्चाको शिखरमा पुग्ने अभिलाषाले पटकथा सम्वादलाई अलिकति शिष्ट समाजलाई बिगार्ने खालका वा अश्लिल शब्दहरुको प्रयोग पाइयो भने त कसरी हाम्रो समाज चित्रण भएको महसुस गर्ने यो विषयमा पनि सचेत हुन अत्यन्तै आवश्यक छ ।
अर्को महत्वपूर्ण विषय भनेको चलचित्रमा सङ्गीत हो । पछिल्लो समयमा आइपुग्दा वा समग्र चलचित्रहरुको अध्ययन गर्दा चलचित्रको लागि सङ्गीत अत्यन्तै महत्वपूर्ण विषय बनेको छ । चलचित्र हेर्ने वा हेराउनको लागि अझै सिधा भाषामा भन्दा चलचित्र हेर्न हलसम्म दर्शकहरु बोलाउनको लागि सबैभन्दा महत्वपूर्ण माध्यम गीतसङ्गीत नै भएको छ । सङ्गीतले फड्को मार्दै जाँदा वा प्रविधि अत्यन्तै हावी भैरहँदा विभिन्न कालखण्डमा विभिन्न प्रविधिहरु विकास हँुदै आएका छन् । अहिले गीतसङ्गीतको स्थान युट्युवमा केन्द्रित भएको छ । युट्युवमा हेरिएर गीत लोकप्रिय बन्ने परिपाटी बन्दै आएको छ । आजभोलि अलिकति नृत्य प्रधान वा द्रुत गतिका गीतहरु चलचित्रमा समावेश हुँदै आएको देखिन्छ । जुन गीतको दर्शकको हेराइ धेरै हुन्छ त्यसलाई अझै चर्चित मान्ने गरेको पाइन्छ । जब धेरै पटक हेरेर गीतसङगीत सर्बप्रिय हुन्छ अनि त्यही गीतलाई आधार बताएर दर्शकहरु चलचित्र हेर्नको लागि हलसम्म पुग्ने गरेको पाइन्छ । चलचित्र हेर्ने दर्शकलाई हलसम्म तान्ने काम गीत सङ्गीतले गरिरहेको पाइन्छ । राम्रो गीत ठानेर हलसम्म आइपुग्दा समग्र चलचित्र आफुले अनुमान गरेको जस्तो नहँुदा दर्शक निराश भएको पनि पाइन्छ । चलचित्रभित्र पनि गीतसङ्गीतले अघिल्लो र पछिल्लो कथालाई जोडेर एउटा मजबुद पुलको भूमिका निर्वाह गरिरहेको हुन्छ भने बाहिर पनि साँच्चिकै दर्शकलाई हलसम्म तान्ने वा डो¥याउने काम सङ्गीतले नै गरिरहेको हुन्छ । आजको समय भनेको गीतसङ्गीतको लोकप्रियताको आधारमा हलसम्म दर्शकहरु पुग्ने अवस्था भएकोछ । त्यसकारण चलचित्रमा सङ्गीतको भूमिका महत्वपूर्ण रहेको पाइन्छ ।


प्रकाशित मिति: बिहिवार, फाल्गुन २६, २०७८, १२:३७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा
सवीनको झुर फण्डा
मिस नेपालको विरासत ?
खुश्बुलाई २ वर्ष कैद
ताजा समाचार
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा बुधवार, जेठ ४, २०७९ 19
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
बलिउडमा डेब्यू गर्दै शहनाज गिल
‘छिन्नलता प्रतिभा पुरस्कार’ अस्मितालाई प्रदान
फिल्म
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट रंगसंसार
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री रंगसंसार
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू रंगसंसार
म्यूजिक
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक बुधवार, जेठ ४, २०७९
गायक राज गोस्वामीको नयाँ शैलीमा ‘चाहिँदैन मलाई’ मंगलबार, जेठ ३, २०७९
युट्युब ट्रेन्डिङमा स्वप्नको ‘वाचा’ मंगलबार, जेठ ३, २०७९
आलेख / समिक्षा
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 152
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1553
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 2323
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago