Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, माघ १६, २०७९ १२:१०:१२ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
आलेख / समिक्षा
  • Home
  • आलेख / समिक्षा
  • जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा
64x64
मंगलबार, जेठ २०, २०७७ रंगसंसार

मानबमा जाति तथा उत्पत्ति, पेसा, वर्ण, लिङ्ग, अनि क्षेत्रका आधारमा गरिने भेदभाव नै जातीय विभेद हो । जातीयताका आधारमा सार्वजनिक स्थान, मठमन्दिर, पूजाआजा, भोजभतेर, पाटीपौवा, सेवा प्रवाहमा प्रवेश गर्न निषेध गरिने, प्रतिबन्ध लगाउने, बहिष्कारमा पारी दुव्र्यवहार गर्नु नै छुवाछूत हो । यो सामाजिक अपराध हो । जातीय भेदभाव तथा छुवाछूतविरुद्धको कसुर मानव मर्यादा विरुद्धको कसुर हो । सामान्ती राज्य सत्ताका कारण एउटै मानव जाती माथी शोषण, दमन गरी आफ्नो राज्यसत्ता टिकाई राख्ने उद्देश्यले विभिन्न जातजातिको नामकरण गरिएको छ । पेशाकै आधारमा उचो निचो जाति बनाए । सुन फलामको काम गर्नेलाई कामि, सुनार, लुवार, लुगा सिलाउने, बाजा बजाउनेलाइ दमाई र जुत्ता सिलाउनेलाइ सार्की भन्ने जस्तै काम र पेशाको अनुसार जाति बनाई अछुत जातीको घोषण गरी जातीय छुवाछुत तथा विभेदलाई बढवा दिएका छन । मानब प्रजातिलाइ जातमा बर्गिकरण गरेर भेदभाब गर्ने कुसंस्कारको कारणले गर्दा अहिले सम्म पनि हामीले छुवाछुत प्रथा भोग्दै आएका छौ।  

नेपालको संविधान र कानुनमा छुवाछुत गर्नु सामाजिक अपराध हो भनि घोषण गरिए पनि छुवाछुत र दलित माथिको उत्पीडन तथा भेदभाव हटेको छैन । सैदान्तिक हिसाबले छुवाछुत र जातिय भेदभाव बिरुद्ध विभिन्न कालखण्डमा सरकारहरुले धेरै थोरै बोले पनि कार्यन्वयन निकाय कमजोर हुँदा ब्यबहारिक रुप दिन सकेनन । फेरी पनि उत्पीडन रोकिएको छैन । अझै भन्नु पर्दा संबिधानको खोष्टामा जे जस्तो लेखेको भएपनि, गणतन्त्र नेपालले अझै पनि छुवाछुत भेदभाब काँधमा बोकेर हिडिरहेको छ।गलत सामाजिक भेदभाव विरुद्ध कानुनि प्रावधान बलियो बनाईसकेको भएपनि  लागु हुुन सकेको छैन । फेरी पनि दलित माथीको अन्याय अत्याचार, छुवाछुत, भेदभाव र गलत संस्कृतिका विरुद्ध जनचेतना फैलाउन अनिवार्य छ । हामी सबै जागरुक भएर एकजुट हुन आबश्यक भएको छ ।

२१औं सताब्दी र गणतन्त्र मुलुकका दलित समुदाय उस्तै उत्पीडनबाट मुक्ति पाउन सकेका छैनन् । देशमा दलित माथिको छुवाछुत, भेदभाव जारी छ । राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक उत्पीडन बढदो छ । दलित समुदायलाई सत्तामा पुग्ने भय्याङ्ग बनाईएको छ । दलित माथि कुटपिट, भेदभाव, हत्या हिंसाका घटनाहरु दलित समुदाय माथी धेरै भएका छन । दोषी माथी कडा भन्दा कडा कार्वाही गरि पिडितलाई न्याय दिईने कुरामा समेत राज्य चुकेको छ ।
कुसंस्कारको हटाउन राष्ट्रिय अन्तर्राष्ट्रिय नीतिहरूको पूर्ण कार्यान्वयनमा जोड दिनुका साथै सकारात्मक तरिकाबाट जनचेतना जगाउने काम गर्नुपर्छ । समाजमा सबैलाई समान व्यवहार गरेर एकाकार हुनका लागि जनप्रतिनिधि र सरोकारवाला निकायले अन्तरघुलन जस्ता कार्यक्रममा जोड दिनुपर्ने देखिन्छ । जातीय भेदभाव तथा छुवाछूतजन्य व्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनु नितान्त आवश्यक छ ।

बिदेशी संग हाम्रा छोरा, छोरी बिहे गर्दिनको लागि जात धर्म वर्ग आबश्यक पर्दैन तर नेपाली नेपाली बीच विबहा गर्न हाम्रो लागि जात तगारो बन्छ। हामी अर्को धर्मका बिदेशीलाइ खुसि खुसि घर भित्र्याउन, हाम्रा मन्दिर, कुल देवता, चुलो चौकामा लान सक्छौ तर तथाकथित दलितलाइ भेदभाब गर्छौं। हामी नेपाली कुन संस्कारमा छौं, सोच्नु पर्ने समय आएको छ ।

हामि कामीले बनाएको भाँडामा खाना बनाउछौं, कामीले बनाएको गहना लगाएर सजिञ्छौं, कामीले बनाएको मुर्तिलाई पुजा गरेर धर्म कमाउछौं, दमाइले सिलाएको कपडा लगाएर आफ्नो शरीर ढाक्छौं, दमाइले बजाएको बाँजामा नाच्छौ भने सार्कीले सिलाएको जुत्ता लगाएर हिड्ने गर्छौ। उनीहरुको शिप चल्ने, पौरख चल्ने तर पानि नचल्ने आखिर किन?  जातीय विभेदविरुद्ध आवाज उठाउनुपर्छ, जनचेतना जगाउनुपर्छ । समय संगै धेरै कुरा परिबर्तन भयो तर नेपाली सोचमा कहिले परिबर्तन आएन अझ कति तथाकथित दलितले जातको आधारमा ज्यानको बलिदान दिनुपर्ने हो थाहा छैन, कति दमाइ कामि सार्की मारिने हुन् ।

सरकार, हाम्रो देशमा लोकतन्त्र आयो गणतन्त्र आयो, आमूल परिवर्तन भयो भनेर नारा जुलुस पनि गर्यौ खुसि मनायौ तर  जातीय भेदभाव अन्त्य भएको खोइ ?  आज जातीय विभेदकै कारण कतिले अकालमै मारिनु परेको छ भने कतिले आत्महत्या गर्न बाध्य हुनु परेको छ । सरकार अति भयो जातको आधारमा भेदभाब, जातको आधारमा छुवाछुत, यसको लागि कि त कानुनलाइ कार्यन्वयन गरेर हरेक प्रकारको भेदभाब रोक्नु पर्छ नत्र फेरि उत्पीडित जनसमुदायले अर्को जनआन्दोलन सुरु गर्नु पर्ने अबस्था आउन सक्छ तसर्थ सरोकार निकायको ध्यान यथासक्य पुग्न जरुरि छ । हामीमा कुनै पनि फरक छैन भनी बुझाउनका लागि प्रचार–प्रसार गर्न लगाई जनचेतना जगाउनु आजको आवश्यकता र समयको माग हो । मानव मानव भएर बाँच्न पाउनु नै छुवाछूतको अन्त्य गर्नु हो । त्यसैले हामीले यस कुप्रथा बिरुद्द बुलन्द आवाज उठाउन जरुरि छ भने सरकार र समाजलाइ चेतावनी दिदै परिबर्तनको धारमा एकढिक्का भएर उभिनु पर्छ । आजको एकतानै भोलिको सामाज परिबर्तनको मुख्य सम्बाहक हुनेछ । हामीलाई कुनै पनि जातिय भेदभाब र छुवाछुत स्वीकार्य छैन र यसको बिरुद्द हामि आवाज उठाउने छौं अनि कुरीति कुसंस्कार बिरुद्द लड्ने छौं। धन्यबाद
( लेखिका सुजना बर्देवा - मोडल तथा सौन्दर्यकर्मी हुनुहुन्छ)

 
 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७, ०८:२४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था
चलचित्रमा सङ्गीतको भूमिका
सवीनको झुर फण्डा
मिस नेपालको विरासत ?
ताजा समाचार
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ बिहिवार, माघ १२, २०७९ 31
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
फिल्म
फ्रन्टलाइन वर्कर बनिन् ऋचा रंगसंसार
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा रंगसंसार
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’ रंगसंसार
म्यूजिक
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’ बिहिवार, माघ १२, २०७९
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय बिहिवार, माघ १२, २०७९
'ह्यारी कि प्यारी'को दोस्रो गीत रिलिज बुधवार, माघ ११, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 352
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 641
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1904
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago