Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, जेठ ५, २०७९ ०१:५६:४० युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
कान्स रेडकार्पेटमा अभिनेत्री सुरक्षा
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
बलिउडमा डेब्यू गर्दै शहनाज गिल
डि सिने अवार्ड
  • Home
  • डि सिने अवार्ड
  • छायाँछविको सम्मान तथा पुरस्कार घोषणा ! चन्दलाई लाईफटाइम लिजेन्ड्री, लामा र थापालाई रजत सम्मान एवं सुवेदीलाई पत्रकारिता पुरस्कार
छायाँछविको सम्मान तथा पुरस्कार घोषणा ! चन्दलाई लाईफटाइम लिजेन्ड्री, लामा र थापालाई रजत सम्मान एवं सुवेदीलाई पत्रकारिता पुरस्कार
चैत्र २६ मा डि सिने अवार्ड
64x64
शुक्रवार, चैत्र ११, २०७८ रंगसंसार

छायाँछवि क्रियशनले डि सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोष्णा गरेको छ । छायाँछवि क्रियशनले डि सिने अवार्डस्को अवसरमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष÷महिला) एवं छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

छायाँछवि क्रियशनले यस वर्ष छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गर्ने भएको छ । २०२२ सालमा निर्मित ‘आमा’ चलचित्र पछि चन्दले हिजो आज भोली, दुई थोपा आँसु, कोशेली, सिमा रेखा, नेपाली बाबु लगायत धेरै चलचित्रहरुमा अभिनय गरेकी छिन् भने विभिन्न नृत्य, नाटक, गीती नाटक, टेलिश्रृंखला, भिडियो चलचित्र लगायतका धेरै अनुभव बटुलेकी छिन् । विभिन्न पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसकेकी  यिनै भुवन चन्दलाई यस वर्षको छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड प्रदान गर्न लागीएको हो ।

त्यस्तै छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फका)े अभिनेता विजय लामालाई प्रदान गर्ने भएको छ । २०४१ सालमा सार्बजनिक भएको चलचित्र आदर्श नारीबाट विजय लामाले आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए । लामाले कोशेली, चोखो माया, ट्रक ड्राइभर, आर्मी, होमवर्क, इन्टुमिन्टु लण्डनमा लगायतका करिव दुई दर्जन चलचित्रमा अभिनय गरेका छन् । साथै लामाले हलिउड चलचित्रमा समेत काम गरिसकेका छन् । नेपाल एयरलाइ्रन्स्का सिनियर पाइलट समेत रहेका यिनै विज लामालाई यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मानबाट सम्मान गरिन लागेको हो ।

त्यस्तै छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फको) झरना थापालाई प्रदान गर्ने भएको छ । यसो त थापाले २०५३ सालमा चलचित्र ‘दाइजो’ नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । उनले धर्मसंकट, गोर्खाली, बादल पारी, जिवन साथि, पुर्णिमा, ए मेरो हजुर, मेरी आमा, विदाई, ओम लगायतका सयौं चलचित्र छन्  भने ए मेरो हजुर २ बाट निर्देशनमा आइसकेकी छिन् । पछिल्लो चरणमा चलचित्र निर्देशन तथा निर्माणमा समेत थापाले निरन्तरता दिएकी छिन् । यिनै झरना थापालाई यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान प्रदान गरिने भएको छ ।

यस्तै यस वर्षको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णु सुवेदीलाई प्रदान गरिने भएको छ । पर्वतमा जन्मिएका सुवेदीले रेडियोमा काम गर्दै पत्रकारितामा प्रवेश गरेका हुन् । शुरुमा रेडियो तथा पत्रिकामा एकै पटक काम गरी प्रवेश गरेका सुवेदी यतिखेर आफ्नै लेन्सनेपाल डटकम वेवमा कार्यरत छन् । मूलतः रंग पत्रकारितालाई नै आत्मसात गर्दै रेडियोमा एवं पत्रपत्रीका हुदै टिभीमा प्रस्तोता–रिपोर्टर तथा प्रोड्युसर हुँदै टीभी फिल्मीको स्टेशन म्यानेजरका रुपमा सुवेदीले कार्यगत अनुभव संगालेका छन् । यिनै विष्णु सुवेदीलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार पुरस्कार प्रदान गरिदैछ ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले यो सम्मान तथा पुरस्कार चैत्र २६ गते धुलिखेल सनराईज् रिसोर्टमा हुने १२ औं छायाँछवि डि सिने अवार्डका अवसरमा प्रदान गरिने जानकारी गराए । अवार्ड भव्य एवं सभ्य रुपमा सम्पन्न हुनेमा विश्वास रहेको छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।

चैत्र १२ गते गर्नेगरी यसअघि घोषित १२ औं डी सिने अवार्ड प्रविधिक कारणबस चैत्र २६ गतेलाई सारिएको डी सिने अवार्डका कार्यक्रम संयोजक समिर लामाले जानकारी गराएका छन् ।

 


प्रकाशित मिति: शुक्रवार, चैत्र ११, २०७८, ०२:१४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१२ औं छायाँछवि डी सिने अवार्ड सम्पन्न
बाह्रौं डि सिने अवार्डको मनोनयन सार्बजनिक
डी सिने अवार्ड - २०७२
डी सिने अवार्ड - २०७१
ताजा समाचार
कान्स रेडकार्पेटमा अभिनेत्री सुरक्षा बिहिवार, जेठ ५, २०७९ 0
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
बलिउडमा डेब्यू गर्दै शहनाज गिल
फिल्म
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट रंगसंसार
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री रंगसंसार
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू रंगसंसार
म्यूजिक
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक बुधवार, जेठ ४, २०७९
गायक राज गोस्वामीको नयाँ शैलीमा ‘चाहिँदैन मलाई’ मंगलबार, जेठ ३, २०७९
युट्युब ट्रेन्डिङमा स्वप्नको ‘वाचा’ मंगलबार, जेठ ३, २०७९
आलेख / समिक्षा
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 152
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1554
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 2323
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago