समग्र कार्यक्रम कस्तो भयो ?
कार्यक्रम भव्य सफल भयो । विरगंजबासीले पनि अहिलेसम्म यस्तो कार्यक्रम नदेखेको र यति राम्रो कार्यक्रम आफ्नो ठाउँमा गरिदिएकोमा खुशी व्यक्त गरे । राजनैतिक दल, समग्र व्यापारी, विरगंजवासी, आम दर्शक सबैले उत्साहित भएको बताए । म खुशी छु ।
कार्यक्रम प्रति कतिले निकै टीका टीप्पणी गरेका छन् । महोत्सव नभएर मेला मात्रै भनिएको छ ?
कार्यक्रम भव्य थियो । एक्लै मान्छे खटेर यतिका पैसा जम्मा गरेर गरिनु पनि त गारो थियो । केहि साथीले मेरो सोचलाई सहयोग गर्नु पनि भयो । मेला की महोत्सव हेर्ने दृष्टिकोणमा फरक पर्छ । आगामी दिनमा यसको प्रभाव पक्कै देखिनेछ । कमी नै भएन सर्वे सर्वा भन्ने पक्षमा म छैन । केहि कमी कमजोरी नै भएन सबै राम्रो भयो म भन्दिन । तर कार्यक्रम सफल भएको हो । उद्देश्य पुरा भएको हो । नेपाल चलचित्र निर्माता संघकै १८ वर्षे इतिहासमा यति भव्य कार्यक्रम हुनै सकेको थिएन । आगामी दिनमा जसले कार्यक्रम गर्छ त्यसका लागि पाठशाला पनि त भयो । कमी कमजोरी सुधारेर बढ्न सकिन्छ ।
उद्घाटन समारोहमा तपाई आफैं सभापतित्व गर्ने पथ्र्यो र चलचित्र विकाश वोर्डका अध्यक्षलाई मञ्चमै समेटीनु पथ्र्यो भन्ने टीका टीप्पणी निकै सुनियो नि ?
हेर्नुस् शान्तिप्रिय जी, राष्ट्रपति आउने कार्यक्रम गर्न त्यति सजिलो छैन । हामीले राष्ट्रपति कार्यालय नाम पठाउँदा सबै कुरा समेटेका थियौं । राष्ट्रपति कार्यालयले मञ्जमा धेरै राख्न मानेन । सुरक्षा संवेदनसिलता जस्ता कार्यले पनि राष्ट्रपतिको कार्यक्रममा न त भिड जम्मा गर्न सकिन्छ न त कार्यक्रम लामो बनाउनु मिल्छ । यस हिसावमा कार्यक्रमको फम्र्याट तयार पारिएको हो । पक्कै पनि मलाई सभापतित्व ग्रहण गर्न मन त थियो होला ।
वलिउड कलाकार गोविन्दालाई पैसा दिए नदिएको र किन दिएको भन्ने हुरा पनि चर्चामा छ ?
गोविन्दालाई पैसा दिएकै हो । पर्यटन बोर्डले २०२०लाई भिजिट नेपाल वर्ष मनाउने सन्दर्भमा आफ्नो सहयोग रहने हो भने विदेशी कलाकार राख्नुपर्ने सर्त राखेको थियो । पर्यटन बोर्डले हामीलाई ७ लाख सहयोग दिने बचन दिएको छ तर गोविन्दाका लागि ८ लाख भारु पारिश्रमीक नै परेको छ । यस अर्थमा म पर्यटन बोर्डसँग फेरी कुरा गर्ने पक्षमा छु ।
कार्यक्रमको नाफा घाटा के भयो ?
आर्थिक रुपले घाटा भयो तर चलचित्र उद्योगको हिसावमा एउटा राम्रो महोत्सव सम्पन्न भयो । लगभग ८२ लाख हामीले खोज्न सफल भयौं तर खर्च १ करोड भन्दा माथिको आएको छ । अडिट भएपछि एकीन हिसाव आउँछ । टिकटबाट पनि जुन पैसा आउछ भन्ने सोचेका थियौं तर हामी यसमा सफल भएनौं ।
कार्यक्रमको सन्दर्भमा के भन्नुहुन्छ ?
कार्यक्रम भव्य सफल भयो । सहभागीताका हिसावमा उल्लेख्य रुपमा रह्यो महोत्सव । केहि साथीहरु बोलाउँछ भनेर कुर्ने केहि नसोध्ने नवोलाई आफै पनि आउनुभयो । यसले व्यवस्थापनमा गारो भयो । केहि साथी आलोचना मात्रै गरेर बस्नु भयो । जे भए अब सकियो । महोत्सव उपलब्धि मुलक भयो भन्ने कुरा स्वीकार्नु पर्छ ।
महोत्सव की मेला !