- सरिता राजोपाध्याय
कलाकार
मृत्युदेखि कतिको डर लाग्छ ?
मृत्युदेखि सायद नडराउने मान्छे नै हुँदैन होला । मलाई पनि डर लाग्छ । फेरि एकदिन मर्नु त छ दै छ नि, मृत्यु नै सत्य हो ।
झुट कतिको बोल्नुहुन्छ ?
झुट... अ मैले झुट बोल्दा कसैलाई राम्रो हुन्छ भने बोल्छु । नत्र मन पर्दैन झुट बोल्न मलाई ।
तपाईंको झुर बानी ?
सबैलाई छिट्टै विश्वास गर्ने जसले गर्दा बार बार धोका खाने गरेकी छु ।
बाथरुममा नुहाउँदा नुहाउँदै पानी सकियो भने के गर्नुहुन्छ ?
ओ एम जी... नुहाउँदा नुहाउँदै पानी सकियो भने म त चिच्याउछु । (हा...हा) ।
तपाईंको एकदमै महङ्गो फोन बाथरुम जादा कम्बोडमा खस्यो भने के गर्नुहुन्छ ?
हैन पहिला त निकाल्न मिल्ने भए निकाल्छु होला अनि के गर्ने सोच्थे म ।
बिहान उठदा तपाईंको जेण्डर चेन्ज भएर केटा हुनु भयो भने के गर्नुहुन्छ ?
जेण्डर चेञ्ज भएर केटा भए वेहोश हुन्थे होला कि म त (हासो) ।
एक दिनको लागि प्रधानमन्त्री बनाइदियो भने पहिलो काम के गर्नुहुन्थ्योे ?
विषेश महिला कलाकारको अधिकारको विषयमा काम गर्थे ।
पूरा नभएको सपना ?
पूरा नभएको सपना धेरैछन् तर, आशावादी छु पुरा हुनेछन् भन्नेमा ।