- गीता अधिकारी
डेढ दशकदेखि गायन क्षेत्रमा एक पछि अर्को लोकप्रिय गीत मार्फत स्रोता÷दर्शकको मन मष्तिकमा राजगर्न सफल गायिका हुन् टीका प्रसाईं । पछिल्लो समय हिट लिष्टमा रहेकी गायिका हुन् उनी । उनका ‘माया लुकी लुकी...’, ‘नाईं मलाई थाह छैन्...’, ‘कर्के नजर...’, ‘तिमी मलाई मनपर्छ...’, ‘तिमी भन्छौ भने...’, ‘तिमी साथ भएपछि...’, ‘नतोडन ती बाचाहरु...’, ‘तमलाई चट्ट सलाम छ...’, ‘सेल्फीको जमाना...’, एउटा कुरा भनौं...’, ‘शिशिरमा पात झर्दा...’, ‘परें माया जालैमा...’, ‘कान्छी रे...’, ‘पहिलो भेटमा....’, ‘जे पनि हुन सक्छ मायामा...’, ‘हातमा चुरा, शिरमा शिरबन्दी...’ जस्ता थुप्रै गीत लोकप्रिय रहेकाछन् स्रोता÷दर्शकमाझ । फल्मी बाहिरका गीत सङ्गीतको क्षेत्रमा सबैभन्दा बढी युट्युव भ्युज पाउने गीतमा पर्छन टीका का गीत । २०५८ सालमा पहिलो पटक ‘के गर्नु हो तिम्रो कसम.. ’ र ‘तिम्रो दीलको कुनाकानी...’ गरी एकै पटक दुई गीत रेकर्ड गराएकी उनले २०६० सालदेखि चलचित्र र कलेक्सन एल्बममा गीत गाउन थालेकी हुन् । २०७२ सालमा एकल एल्बम मेलोडी निकालेकी उनले यतिवेला अर्को एल्बम ‘हाम्रो सँगसँगै’ को तयारीमा रहेको बताइन ।
एल्बमलाई दुई भागमा विभाजन गरिएको र जसमा दश गीत समावेश गरिएको उनी बताउँछिन् । माघको पहिलो हप्ता बजारमा ल्याउने तयारी गरिरहेको नि उनले बताइन । सानो छदादेखि नै गीत गाउँन भने पछि हुरुक्क हुने उनी सानोमा हजुरआमाको काखमा बसेर गीत गाउने गर्थिन । दुई कक्षातिर पढदा ‘पात बिनाको मुनालाई घामले पोल्दो हो’ गीत गाएको स्मरण छ उनलाई । सानैदेखि नै यस क्षेत्रमा हेलिएकी उनी यतिवेला युवा पुस्ताको ढुकढुकी बन्न सफल भएकी छन् । बाल्यकालबाटै गीत– सङ्गीत भनेपछि हुरक्कै हुने प्रसाईं झापा स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रिएशनहरु पस्किरहेकी छन् । उनले अहिलेसम्म आउँदा साढे चार सय जति गीत गाएकी छन् । झापाको तोपगाछी, सरङ्गपाडामा जन्मिएकी टीकाले सङ्गीतको शुरुवाती प्रशिक्षण गुरु कुशेश्वर राईबाट लिएकी थिइन । राईसँग सरगम सिकेर काठमाडौं आएकी उनले भानुभक्त ढकाल, ईश्वर अमात्य, गुरुदेव कामद र रत्नबहादुर खड्कीसँग शास्त्रीय र आधुनिक गायनको अध्यनसँगै सङ्गीतका विभिन्न रियालिटी शोहरुमा सहभागिता जनाउँदै यो क्षेत्रमा आइन । ‘डान्सिङ र फास्ट बिट’का गीत मार्फत उनले चर्चा कमाए पनि उनी स्वयम् भने ‘क्लासिकल बेस’ र गजल प्रकृतिका ‘कम्पोजिसन’ गाउन मन पराउने बताउँछिन् । ‘टेक्नो म्यूजिक’, ‘क्लब मिक्स’, ‘डान्सिङ र ‘फास्ट बिट’ अलावा सफ्ट, रोमान्टिक र सेन्टिमेन्टल गीतहरु पनि गाएकी छन् उनले । ‘अहिलेको जेनेरेसनले फास्ट प्याट्रन मन पराइदिनुभएको छ’, उनी भन्छिन् । भोजपुरी गीत पनि गाएकी उनले चलचित्र ‘पाँच पाण्डव’, ‘छोरीको कर्म’, ‘कन्यादान २’, ‘आगो २’ जस्ता चलचित्रमा पनि गीत गाएकी छन् । चलचित्र ‘बीच बाटो’को ‘सेल्फीको जमाना’ गीत स्रोता÷दशएकले मन पराएका थिए । तर, पछिल्लो समयमा चलचित्रका गीतमा त्यति नदेखिए पनि उनले अन्य भने एक से एक गीत पस्किरहेकी छन् । उनका कर्महरुलाई उनका श्रीमान् लेखराज गुरुङले साथ सहयोग पु¥याई रहेका छन् । लेखराज पनि आफैँमा एक राम्रो गायक हुन् । हालै मात्रै महान् सङ्गीतकार ‘नातिकाजी’को ९५औं
जन्मजयन्तीका अवसरमा ‘नातिकाजी स्मृति समाज’ले २०७५ सालको ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ टीकालाई प्रदान गरिएको थियो । विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेकी उनले थुप्रै अवार्डसमेत चुम्न सफल भएकी छन् । उनले रेडियो कान्तिपुर नेशनल अवार्ड, इमेज अवार्ड, कालिका एफएम अवार्ड, म्युजिक खबर म्युजिक अवार्डलगायत थुप्रै अवार्ड चुम्न सफल भएकी छन् । टीका पछिल्लो समय मुलुकभित्र हुने मेला, महोत्सवमा निकै माग हुने गायिका हुन् । विदेशमा हुने कार्यक्रमहरुमा समेत उनी उतिकै सहभागिता जनाइरहेकी हुन्छिन् । गीत सङ्गीतका कर्महरुमा आफूलाई ब्यस्त बनाउँदै आएकी टीका का आगामी दिनमा अझ राम्रा राम्रा क्रएशनले नेपाली गीत सङ्गीत समृद्ध बनोस्, उनका मौलिक क्रिएशनको रस्वादन गर्न पाइयोस यही गीताकामना टीकासँग ।