लाटोको सेरो फिल्म्सले अघिल्लो साता सार्वजनिक गरेको एउटा गीतको म्युजिक भिडियो दर्शकले रुचाएका छन् । ‘लै बरी लै’ बोलको उक्त गीतको म्युजिक भिडियो माघे संक्रान्तिको दिन सार्वजनिक गरिएको थियो ।
गीतकार, गायक तथा संगीतकार डाक्टर नवराज प्रधान पूर्वी नेपालको इलाममा जन्मिएर हाल अमेरिकामा बसोबास गर्दै आइरहेका छन् ।
विदेशको व्यस्त जीवनको बाबजुद नेपाली संगीतलाई माया गर्ने संगीतकर्मी प्रधान वाटर रिसोर्सेस इन्जीनियर हुन् । उनले टोकियो युनिभर्सिटीबाट इन्जिनियरिङमा विद्या वारिधि गरेका प्रधान सिनियर प्रोफेसरको रुपमा कार्यरत छन् ।
आफ्नो भाषा, माटो, संगीतप्रति उनको लगाव तथा योगदान प्रशंसा योग्य छ ।
प्रधानको ‘लै बरी लै’ गीतमा राजन इशान इशानको संगीत संयोजन छ ।
यो गीतको भिडियोमा सन्तोष भुजेलको कोरियोग्राफी, सञ्जय लामाको छायांकन तथा बिजेश पौडेल र राजन इशानको निर्देशन रहेको छ । भिडियोको सम्पादन तथा रंग संयोजन बिजेश पौडेलले गरेका छन् ।
काल्पनिक कथामा तयार पारिएको यो म्युजिक भिडियो मनोरञ्जनपूर्ण छ । पृथक शैलीमा निर्माण गरिएको यो भिडियोले पछिल्लो एक सातामा दुई लाख १० हजार बढी भ्युज पाएको छ ।
लाटोकोसेरोको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको भिडियोमा प्रिन्स विश्वकर्मा, श्रृषा कुँवर, सन्तोष भुजेल, अरुण पौडेल, मनिष बस्न्यात, रोबिश राज काफ्ले सुजन दाहाल, कृष्टिना थापा, बिपिन सापकोटा, खगेन बिसी, शमा थापा, सिकुम लिम्बु, दीपेन्द्र बजगाईं आदिले अभिनय गरेका छन् ।