देशको राजधानी काठमाडौंको व्यस्त बजार, बागबजारको ‘पाल्पा बुक्स’मा भेटिने विमल गौतमको परिचय गजलकार÷गीतकारका साथै एउटा राम्रो साहित्यकारका रुपमा चिरपरिचित छ स्रोता÷दर्शक र पाठकमाझ । उनका जति सिर्जना स्रोता÷दर्शकर पाठकमाझ आएका छन् सबै लोकप्रिय रहेका छन् । फ्रेन्चकट दाडीमा सधैँ चिटिक्क देखिने विमल आफ्ना सिर्जनाहरु पनि त्यस्तै चिटिक्क पारेर स्रोता÷दर्शक र पाठकमाझ पस्किन खप्पिस छन् । विगत १५ वर्षदेखि निरन्तर गीत÷गजल÷मुक्तक लेखनमा लागेका विमलको सर्वाधिक रुचाइएको र अहिले पनि लोकप्रिय रहेको गीत हो ‘कबाट कमल पानीमा फुल्ने, खबाट खरायो बारीमा डुल्ने...’ । यो बाल गीत अत्यधिक मन पराइयो ।
अधिकांश विद्यालयका साना कक्षामा या मन्टेस्वरी कक्षाका बालबालिकालाई यही गीतका माध्यमबाट अक्षर चनाइन्छ अहिले । यो गीतले बालबालिकालाई अक्षर चिनाउन सहज बनाइदिएको छ । दुई दशकभन्दा बढी अध्यापनमा बिताएका विमलले ‘कख, अआ, १,२,३, एबिसी’लगायत बालबालिकाले पहिलो चरणमा सिक्न आवश्यक अक्षरका गीत बनाएका छन् ।मुक्तक, गजल र गीतमा कलम चलाउने शिक्षाप्रेमी विमल जीवन जगत छुने खालका गीत लेख्न मन पराउने बताउछन् । वि.सं. २०४४÷०४५ सालतिर बाट गीत÷गजल लेख्न थालेका विमलले अहिलेसम्म आउँदा थुप्रै गीत÷गजल लेखेका छन् । विमलको ‘गजल भित्रका विमल’मा रहेका गीत ‘चार तिर मैले चहारें तिमीलाई...’, मुग्लानतिर पसेछन् कि...’, ‘विदेश गा’को मेरो छोरो...’, ‘सँधैभरि घरको झ्याल...’ र ‘बोलीचाली बारे हुन्छ...’ जस्ता गीतहरु लोकप्रिय रहेका छन् । यी गीतमा शिव परियार, प्रमोद खरेल, अन्जु पन्त र शान्तिम कोइरालाको सुमधुर स्वरको रहेको छ । त्यस्तै उनको गीत उदितनारायण झाले पनि गाएका छन् । उनको नयाँ गजल छिट्टै स्रोता÷दर्शकमाझ आउँदै छ । पुरुषोतम सुवेदीको स्वर÷सङ्गीतमा रहेको गजल ‘के छ त नी मै साहव खबर हजुरको, के छ त नी मै साहव रहर हजुरको, जसलाई हेरिदिसिइन्छ उही ढली दिन्छ, बबाल छ नी नजर हजुरको ।’ पाल्पा, भैरवस्थानमा जन्मेका विमल स्थानिय परिवेश, भोगाइलाई टप्पक टिपेर गीत गजल बनाउन खप्पिस छन् । त्यसैले त उनका गीत गजल लोकप्रिय रहेका छन् । ‘ तिहारमा रोटी मिठाई तीजमा खाने तामा, मामू–मम्मी भन्ने होइन भन्नुपर्छ आमा ।
मकै भुट्दा फुला उठ्छ धान भुट्दा लावा, ड्याडी हाम्रो भाषा होइन भन्नुपर्छ बाबा ।’ जस्ता गीत मार्फत उनले नेपाली भाषा–संस्कृतिलाई महत्व दिएका छन् । पछिल्लो नेपाली गीत सङ्गीत स्टेजमुखी भएको गुनासो गर्ने विमल बजारमा पछिल्लो समय आएका अधिकांश गीतहरु अर्थ विहिन भएका बताउछन् । ‘गीत सङ्गीतले जहिले पनि राष्ट्रको प्रतिनिध्वित गर्ने हुनाले नेपाली गीत सङ्गीतलाई नेपालीकै मौलिक बाजामा निकाल्ने गायक, गायिका, गीतकार र सङ्गीतकारलाई राज्यले हेर्नुपर्छ’, उनी भन्छन् । हाम्रो नेपालको माटो छुने गीत निकाल, लगानी हामी गर्छौ, सहयोग हामी गर्छौ भनेर राज्य अघि आउने हो भने मात्र मौलिक गीतहरुको सिर्जना हुने उनको दावी छ । ‘तब मात्र नेपाली मौलिक गीत सङ्गीतको रचना हुन्छ, मौलिक गीत सङ्गीत माथि उठछ होइन भने जस्ता पायो त्यस्तै गीत युट्यवमा पाँच करोड भ्युअर्स पुगेको छ भनेर खोक्दै हिँडने र अर्थ न बर्थका गीत जन्मिने क्रम बढदै जानेछ’, उनी भन्छन् । मौलिक सिर्जनमा रमाई गीत सङ्गीतका कर्महरुमा आफूलाई ब्यस्त बनाउँदै आएका विमलजीका आगामी दिनमा अझ राम्रा राम्रा क्रिएशनले नेपाली गीत सङ्गीत समृद्ध बनोस्, उनका मौलिक क्रिएशनको अझ धेरै रस्वादन गर्न पाइयोस यही गीताकामना विमलजीसँग ।