Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधवार, बैशाख १, २०७८ ०२:१२:५५ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
श्री खत्रीको नयाँ गीत 'बिरानो जंगल' सार्वजनिक ( भिडियो )
प्रेमिल शैलीको 'यी आँखाका नानीमा' सार्वजनिक ( भिडियो )
रंग पत्रकार गोपिकृष्ण सम्मानि
विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)
‘लभ करे दे’ लिएर आए गायक रुद्रसेन (भिडियो सहित)
‘पासवर्ड’ निर्देशक सम्राट ‘लाल मोहन जि’बनाउदै
प्रिज्मा र प्रिन्सीको चुच्चे नाकमा पल र सुधिर फिदा
नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक
संगीत पत्रकारिता पुरस्कार बाट सुर्य चन्द सम्मानित
फिल्म
  • Home
  • फिल्म
  • ७२ घण्टामा खिचिएको ‘श्री’ देशभरका हलमा
७२ घण्टामा खिचिएको ‘श्री’ देशभरका हलमा
64x64
बिहिवार, चैत्र २६, २०७७ रंगसंसार

नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायांकन सकिएको चलचित्र ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैत्रदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ । लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेको ‘श्री’ बारे मंगलबार राजधानीको सिडिसी सिनेमामा पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।

नयाँं बर्षको अबसर पारेर दर्शकमाझ आउन लागेको ‘श्री’ मा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल,बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ,सविता गुरुङ,नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् । पहिला केही ओटिटीमा मात्रै रिलिज गर्ने तयारी गरिएको भए तापनि ट्रेलर हेरेपछि भने यो चलचित्र हलमै प्रदर्शन गर्नुपर्छ भन्ने लागेर आफैले पहल गरेको बितरक करण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बोल्दै उनले आफूले अमेरिकामा रहेका निर्देशक बोहरालाई सम्पर्क गरि हलमै प्रदर्शन गर्ने जिम्मेवारी दिएको बताए । ‘ट्रेलर एकदमै राम्रो लाग्यो । त्यसपछि मैले निर्देशक सूर्य दाईलाई सम्पर्क गरेर यो चलचित्र त हलमै प्रदर्शन गर्नुपर्छ । त्यसको सबै चाँजोपाँचो म मिलाउछु भनेर अनुरोध गरें,’ करणले भने, ‘दाई पनि आफ्नो चलचित्र हलमा आओस् भन्ने पक्षमा हुनुहुन्छ । कोरोनाका कारण थला परेको चलचित्र उद्योगको श्रीबृद्धिमा ‘श्री’ ले ठूलो योगदान गर्ने बिश्वास मैले लिएको छु ।’

‘श्री’ का प्रमुख पात्र सन्दिप क्षेत्रीले यो चलचित्र आफ्ना लागि निकै महत्वपूर्ण रहेको बताए । उनले निर्देशक बोहराले आफूलाई कमेडीबाहेकको भूमिकामा समेत बिश्वास गरेर अबसर दिएकोमा धन्यवाद ब्यक्त गरे । ‘मैले अहिलेसम्म अभिनय गरेको चलचित्रहरु मध्ये ‘श्री’ उत्कृष्ट छ । मैले मेरा सन्ततीलाई तिम्रो बाबुको चलचित्र हो भनेर गर्वका साथ देखाउन सक्छु,’ उनले भने, ‘त्यस्तो बिषम परिस्थितिमा पनि सूर्य दाईले आँट गरेर चलचित्र बनाउनु भयो ।

अहिले यस्तो अबस्थामा करणजीले प्रदर्शन गर्दै हुनुहुन्छ । यसमा मलाई निकै गर्व लागेको छ ।’ उनले सम्पूर्ण चलचित्रप्रेमीलाई हलमै पुगेर ‘श्री’ हेरिदिन आग्रह गरे । अभिनेता भोला सापकोटाले ‘श्री’ मा आफूले निर्वाह गरेको भूमिकाका साथै समग्र चलचित्रको चर्चा गरे । उनले बिषम परिस्थितिमा समेत हिम्मतका साथ चलचित्र निर्माण गरि प्रदर्शन गर्न लागीएकोमा खुशी प्रकट गरे । चलचित्रकी निर्मात्री तथा अभिनेत्री सबिता गुरुङले चलचित्र प्राबिधिकहरुलाई राहत स्वरुप ‘श्री’ निर्माण गरिएको स्मरण गर्दै अब यसले हललाई पनि राहत दिने बिश्वास ब्यक्त गरिन् ।

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको चलचित्रको सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइ छायांकन गरिएको थियो । कार्यक्रममा चलचित्रका सम्वाद लेखन शिबम अधिकारी तथा मुख्य सहायक निर्देशक सुदीप कँवरले पनि ‘श्री’ निर्माण प्रक्रिया र परिस्थितिको बिस्तार लगाएका थिए । सोसियल सस्पेन्स कथामा निर्माण गरिएको चलचित्रको निर्माता श्री पराजुली र सविता गुरुङ तथा सहनिर्मातामा यम बराल,सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम छन् ।

‘बिषम परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने हेतुले ‘श्री’ निर्माण गरिएको हो ’ हाल अमेरिकामा रहेका निर्देशक बोहराको भनाइ छ, ‘जम्मा छ दिनमा कुल ७२ घण्टा क्यामेरा रोल भएको यो चलचित्रमा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रस्तुत छ ।’ चलचित्र निर्माणका साथै समाजसेवामा समेत सक्रिय निर्देशक बोहराले ‘श्री’ लाई पनि समाजीक कार्यकै रुपमा लिएका छन् ।

‘कोभिड–१९ को मारमा परेका कलाकर्मी तथा प्राबिधिकलाई केही राहत होस् भनेर निषेधाज्ञाकै क्रममा यो चलचित्र तयार पारिएको हो । कम समय र लगानीमा निर्माण गरिएको भए तापनि वर्तमान परिस्थिति, बाध्यता र मानसिकतालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ ।’ निर्देशक बोहरा भन्छन् । निर्देशक बोहराकै लेखनमा शिबम अधिकारीले सघाएको चलचित्र शेरबहादुर तामाङले खिचेका हुन् । सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ । ‘श्री’ हलका साथै ओएसआर डिजिटलका बिभिन्न एप्लिकेसनमा समेत प्रदर्शन गरिदैछ ।

 


प्रकाशित मिति: बिहिवार, चैत्र २६, २०७७, १२:३४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘पासवर्ड’ निर्देशक सम्राट ‘लाल मोहन जि’बनाउदै
‘विवेक’ नामक चलचित्र बनाउने घोषणामा माधव
चर्चित नायिका प्रियंका कार्की गर्भवती
नायिका केकी अधिकारीलाई चलचित्रमा अनुवन्धित
ताजा समाचार
श्री खत्रीको नयाँ गीत 'बिरानो जंगल' सार्वजनिक ( भिडियो ) सोमवार, चैत्र ३०, २०७७ 47
प्रेमिल शैलीको 'यी आँखाका नानीमा' सार्वजनिक ( भिडियो )
रंग पत्रकार गोपिकृष्ण सम्मानि
विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)
‘लभ करे दे’ लिएर आए गायक रुद्रसेन (भिडियो सहित)
‘पासवर्ड’ निर्देशक सम्राट ‘लाल मोहन जि’बनाउदै
प्रिज्मा र प्रिन्सीको चुच्चे नाकमा पल र सुधिर फिदा
नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक
संगीत पत्रकारिता पुरस्कार बाट सुर्य चन्द सम्मानित
फिल्म
‘पासवर्ड’ निर्देशक सम्राट ‘लाल मोहन जि’बनाउदै रंगसंसार
‘विवेक’ नामक चलचित्र बनाउने घोषणामा माधव रंगसंसार
चर्चित नायिका प्रियंका कार्की गर्भवती रंगसंसार
म्यूजिक
श्री खत्रीको नयाँ गीत 'बिरानो जंगल' सार्वजनिक ( भिडियो ) सोमवार, चैत्र ३०, २०७७
प्रेमिल शैलीको 'यी आँखाका नानीमा' सार्वजनिक ( भिडियो ) सोमवार, चैत्र ३०, २०७७
विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो) सोमवार, चैत्र ३०, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 680
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 1242
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 782
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago