Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतवार, माघ १५, २०७९ ११:५३:४३ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
फिल्म
  • Home
  • फिल्म
  • मुम्बईको स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन, बलिउडकर्मीले गरे तारिफ
मुम्बईको स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन, बलिउडकर्मीले गरे तारिफ
64x64
मंगलबार, मंसिर २०, २०७९ रंगसंसार

हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शिर्ष भूमिका रहेको सिनेमा ‘ह्यारी कि प्यारी’ यतिबेला चर्चामा छ । कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छवि बनाएकी साम्राज्ञीको यो पहिलो सहकार्य कस्तो बनेको होला भन्ने जिज्ञासा चौतर्फी सुरु भएको छ ।

माघ २० लाई प्रदर्शन मिति तोकेको सिनेमालाई डा: कपिल रिजालले निर्देशन गरेका हुन् । रोमकम जनराको सिनेमामा निर्देशक रिजाल कै प्रस्तुति र कथा छ । रिलिजको लागि २ महिनाको समय बाँकी रहँदा सिनेमाको टिम भने यतिबेला बलिउड नगरी मुम्बई पुगेको छ ।

मुम्बईको चर्चित प्राइम फोकस स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सनको कार्य भैरहेको छ । प्राइम फोकसले यसअघि ‘ओम शान्ति ओम’, ‘मेरी कोम’, ‘पा’, ‘गुरु’, ‘गजनी’, ‘एक भिलेन’, ‘कयामत’, ‘धडक’, ‘गुड न्युज’ जस्ता थुप्रै बलिउड सिनेमाको सम्पादन गरिसकेको छ ।

नेपालमा प्रयाप्त प्रोडक्सन स्टुडियो भएपनि राम्रो नतिजा दिन मुम्बईको अत्याधुनिक स्टुडियोमा प्रोडक्सन कार्य थालनी गरिएको निर्देशक रिजालले बताए । ‘मेरो हजुरआमाले भन्नु हुन्थ्यो, ‘गरेपछि राम्रैसंग गर्नु पर्छ ।’ बिस्तारै भनेर हुँदैन । त्यसपछि सबभन्दा राम्रो स्टुडियो कुन ? भन्दा प्राइम फोकसको नाम अगाडी आयो । ब्रमास्त्र जस्तो ६ सय करोडको सिनेमा बनाएको स्टुडियो भनेपछि प्राइम फोकस मै आउने निधो गरियो ।’

‘ह्यारी कि प्यारी’का मुख्य सहायक निर्देशक गिरिराज घिमिरे मुम्बईमा काम गर्दा टेक्निकल रुपमा सजिलो हुने बताउछन । साथै प्राइम स्टुडियोका कर्मचारीहरुले दिएको सम्मान र कामप्रतिको लगावले घिमिरेलाई प्रभावित बनाएको छ ।

सिनेमाका छायांकार सुदिप बराल मुम्बईमा पोस्ट प्रोडक्सनको काम गर्दा प्राविधिक रुपमा सिनेमा अब्बल हुने धारणा राख्छन । ‘नेपालमा हामीले सिमित स्क्रिनमा हेरेर डीआइको काम गर्नु पर्छ । त्यहाँ सम्पादन गर्दा हलको रेजुलेशनमा कस्तो दृश्य देखिन्छ भन्ने कुरा देख्न पाइन्थेन । यहाँ भने हलको प्रोजेक्सनकै लेभलको स्क्रिनमा सम्पादन गर्न पाउदा डिटेलिङमा देखिन्छ । नेपालमा प्राय: हलहरुमा टुके प्रोजेक्सन हुन्छ भने यहाँ हामीले फोरकेमा सम्पादन गरिरहेका छौं ।’ छायांकार सुदिप बरालले मुम्बईको कामले नेपालमा पनि प्राविधिक शिक्षा अझ बिस्तार हुने आशा बोकेका छन् ।

सिनेमा सम्पादनको लागि मुम्बई पुगेका अभिनेता जितु नेपाल त्यहाँको स्टुडियोले नेपाली सिनेमालाई दिएको माया र सम्मानको कदर गर्छन ।

‘हामि उहाँहरुको क्लाइन्ट भएका कारण राम्रो काम दिनु भएको छ । अझ त्यो भन्दा नि राम्रो कुरा उहाँहरुले नेपालीलाई दिएको सम्मान । उहाँहरुले बलिउड सिनेकर्मीलाई जस्तै हामीलाई पनि सम्मान दिनु भएको छ । उहाँहरु नयाँ काम गर्न पाएकोमा उत्साहितपनि देखिनु भएको छ ।’ जितुले प्राइम स्टुडियोको प्रशंसामा शब्द खर्चिए ।

‘गजनी’, ‘तारे जमीन पर’, ‘पिके’, ‘गोलमाल’, ‘थ्री इडियट्स’, ‘सिङ्घम’ जस्ता बलिउडका चर्चित सिनेमामा साउण्ड मिक्सिङको काम गरिसकेका सुवीर दासले ‘ह्यारी कि प्यारी’मा साउण्ड मिक्सिङ गर्न पाउदा एउटा माइलस्टोन पार गरेको बताउछन ।

‘सिनेमाको कन्टेन्ट र भावना राम्रो छ । यो कन्टेन्ट दर्शक माँझ पुग्न जरुरी जस्तो लागेपछि मिक्सिङको काम अगाडी बढाएँ । यो मेरो करिअरको माइलस्टोन हो । सिनेमाले भावनात्मक रुपमा दर्शकसंग कनेक्ट गर्न सक्छ ।’ साउण्ड इन्जिनियर दास सिनेमाको तारिफ गर्दै भन्छन ।

पहिलो पटक नेपाली सिनेमामा कलरको काम गरेका प्राइम स्टुडियोका सिनियर कलरिस्ट मनोज वर्मा नयाँ अनुभव प्राप्त गर्न पाएको बताउछन । साथै उनि नेपाली सिनेमालाई बलिउड जतिकै प्राथमिकता राखेर काम अगाडी बढाएको बताउछन । उनका अनुसार ‘ह्यारी कि प्यारी’मा बलिउड सिनेमा ‘बजरंगी भाइजान’को लेभलको कलरको काम भएको छ ।

स्टुडियोका प्रोडक्सन हेड निर्मल गाला आफुहरुले राम्रो काम दिने र समय मै सिनेमाको काम सकाउने बताउछन । उनले २० वर्षे लामो करिअरमा ८ सय बढी सिनेमाको काम गरेका छन् ।

सिनेमाको लागि ब्याकग्राउण्ड म्युजिसियनको काम गरेका बापीले ‘ह्यारी कि प्यारी’ मनोरन्जनको प्याकेजिङ भएकाले संगीत दिन मज्जा आएको बताए ।

‘उहाँहरुले भावनात्मक सिनेमा बनाउनु भएको छ । जसमा नेपालको ग्रामिण भेगलाई मज्जाले उतार्नु भएको छ । नेपालको र सिनेमाको मर्म मर्न नदिन मैले इन्टरनेशनल लेभलको ब्याकग्राउण्ड म्युजिक दिएको छ । आशा नेपाली दर्शकहरुले मन पराउनु हुनेछ ।’ ब्याकग्राउण्ड स्कोरर बापीले भने ।’


प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९, १२:२९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
ताजा समाचार
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ बिहिवार, माघ १२, २०७९ 31
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
फिल्म
फ्रन्टलाइन वर्कर बनिन् ऋचा रंगसंसार
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा रंगसंसार
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’ रंगसंसार
म्यूजिक
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’ बिहिवार, माघ १२, २०७९
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय बिहिवार, माघ १२, २०७९
'ह्यारी कि प्यारी'को दोस्रो गीत रिलिज बुधवार, माघ ११, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 352
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 640
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1903
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago