Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, जेठ २३, २०८० ०५:३९:२७ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अजय देवगनको धम्कि कै कारण तब्बू अविवाहित ?
परिवारसँग फेरि नेपाल आउन चाहन्छु : भाग्यश्री
सौगात र मलिकाको ‘अगस्त्य’को छायांकन गोरखपुरमा सुरु
बुवा–आमा बन्दै संगीतकार र गायिकाको जोडी
चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला
वाह ! दिवाकर– दीपिका प्रेम
‘पान पाते ओठ..’ भन्दै आए सन्दीप र सहिमा
चलचित्र 'कडी'को पोखरामा शुभमुहूर्त
‘नाङ्गो गाउँ’को हङकङ र बेलायतको प्रदर्शन अधिकार बिक्री
फिल्म
  • Home
  • फिल्म
  • अभिनेत्री सुरक्षा पन्त भन्छिन् 'बहाव'को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ
अभिनेत्री सुरक्षा पन्त भन्छिन् 'बहाव'को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ
64x64
बुधवार, चैत्र ८, २०७९ रंगसंसार
अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सुरक्षाले प्रेमी, विद्रोही र साइको किसिमको चरित्रमा अभिनय गरेकी छन् ।

फिल्मको सार्वजनिक ट्रेलरमा सुरक्षालाई सुँगासँग संवाद गरेको र सुँगाको निकट रहेको देख्न सकिन्छ । चितवनमा फिल्मको दुई महिने वर्कसप र सुटिङ चल्दा सुरक्षा सुँगासँग बढी नजिकिइन् । ‘म सुँगासँग दुई महिना वर्कसपमा बसें । हामी जनावर भन्ने बित्तिकै छि छि दुरदुर गर्छौ । सुँगासँगको मेरो अनुभव केही फरक रह्यो’, सुरक्षा भन्छिन्, ‘मैले सुँगालाई निस्की भनेर पिँजडाको ढोका खोलिदिए पनि उ निस्किएन । उसमा अन्यौल थियो । उसमा डर पनि हुँदो रहेछ । उसले हाम्रो भाषा बुझ्ने भए पनि ऊ समझदार थियो । जनावरमा आफैंमा अनौठो किसिमको गुण हुँदो रहेछ । फिल्मको कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ ।’

सुरक्षाको अनुभवमा सुरुमा सुँगा उनीसँग नजिकिएन । तर विस्तारै सुँगा सुरक्षासँग नजिकियो । ‘मसँग सुँगा सुरुमा मानेन । तर ऊसँग बस्दै बोल्दै गएपछि उसले मलाई पत्यायो । जबकी मबाहेक अन्य व्यक्तिसँग सुँग नजिकिएन’, उनी भन्छिन्, ‘बिस्तारै सुँगा मसँग यति नजिकियो कि मेरो खुट्टा वरपर नै घुम्न थाल्यो । राती सुत्दा पनि सुँगा मेरो सिराने छेउमा रहेको स्टेण्ड लाइटमा गएर खुट्टा अड्काएर सुतिरहेको हुन्थ्यो ।’

ट्रेलरमा सुरक्षाले सुँगासँग ‘तलाई उड्न मन लाग्दैन हो’भनेर सोधेकी छन् । तर सुरक्षाको अनुभवमा सुँगालाई उड्न मन लागे पनि ऊभित्र एक किसिमको डर छ । ‘सुँगामा उड्न चाहने इच्छा भए पनि उडानमा उसलाई खस्ने डर छ । अथवा उसको गन्तव्य निश्चित छैन । किनकी ऊ पिँजडाभित्रै रमाइरहेको छ’, सुरक्षा भन्छिन् ।

सुरक्षाले आफू फिल्मको अर्को सुँगा भएको दाबी गरिन् । ‘म घरबाट निस्कन चाहन्छु र तर समय तथा बाध्यताले त्यो अवस्था हुन दिँदैन । म बहावको अर्को सुँगा हुँ’, उनले भनिन् ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय बनाइएको फिल्ममा श्रीधर पौडेलको लगानी छ । श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।

फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।

फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रकाशित मिति: बुधवार, चैत्र ८, २०७९, ०२:५९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सौगात र मलिकाको ‘अगस्त्य’को छायांकन गोरखपुरमा सुरु
चलचित्र 'कडी'को पोखरामा शुभमुहूर्त
‘नाङ्गो गाउँ’को हङकङ र बेलायतको प्रदर्शन अधिकार बिक्री
तामाङ संस्कृतिमा बन्ने फिल्म ‘चारदाम’ को शुभ मुहुर्त सम्पन्न
ताजा समाचार
अजय देवगनको धम्कि कै कारण तब्बू अविवाहित ? मंगलबार, जेठ २३, २०८० 19
परिवारसँग फेरि नेपाल आउन चाहन्छु : भाग्यश्री
सौगात र मलिकाको ‘अगस्त्य’को छायांकन गोरखपुरमा सुरु
बुवा–आमा बन्दै संगीतकार र गायिकाको जोडी
चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला
वाह ! दिवाकर– दीपिका प्रेम
‘पान पाते ओठ..’ भन्दै आए सन्दीप र सहिमा
चलचित्र 'कडी'को पोखरामा शुभमुहूर्त
‘नाङ्गो गाउँ’को हङकङ र बेलायतको प्रदर्शन अधिकार बिक्री
फिल्म
सौगात र मलिकाको ‘अगस्त्य’को छायांकन गोरखपुरमा सुरु रंगसंसार
चलचित्र 'कडी'को पोखरामा शुभमुहूर्त रंगसंसार
‘नाङ्गो गाउँ’को हङकङ र बेलायतको प्रदर्शन अधिकार बिक्री रंगसंसार
म्यूजिक
‘पान पाते ओठ..’ भन्दै आए सन्दीप र सहिमा मंगलबार, जेठ २३, २०८०
क्यानडामा प्रकाश सपुतको सकम्बरी साँझ मंगलबार, जेठ २३, २०८०
‘बोल माया’ अर्को सिरिज ‘दमाई महाराज’ ल्याउँदै प्रकाश सपुत सोमवार, जेठ २२, २०८०
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 522
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 802
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 2078
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago