Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिवार, माघ १०, २०७७ ०७:११:०९ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘डिसेम्बर फल्स’ को शुभसाइत
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
फिल्म
  • Home
  • फिल्म
  • सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
काठमाडौंमा तयारी, जापानमा नोमिनेशन
64x64
आइतवार, पुष ५, २०७७ रंगसंसार

सुर्य कर्पोरेशनले सन २०१८ देखि नेपाली संगीत र फिल्मप्रति समर्पित हुदै आयोजना शुरु गरिएको सुर्य ईन्टरनेशनल अवार्डको तेश्रो संस्करण हुने भएको छ । २०२० मै हुनुपर्ने तेश्रो संस्करण कोरोना भाइरस (कोभिड–१९) का कारण हुन सकेन । सोही संस्करण २०२१ मा हुने भएको छ ।
यसको वारेमा जानकारी दिदै सुर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले यस पटकको सुर्य अवार्ड केही रोचक र फरक हुने दावी गरेका छन् । उनले जानकारी दिए अनुसार अवार्डको समपूर्ण तयारी काठमाडौंमा हुनेछ भने नोमिनेशन जापानको टोकियोमा हुनेछ । अवार्ड समारोहलाई भने थप भव्य तयारी सहित अमेरिकामा गरिने बताइएको छ ।
अन्र्तराष्ट्रिय अवार्ड समारोहमा नेपालका लागि सुर्य अवार्ड सबैभन्दा महँगो र ठूलो अवार्ड हो, सुर्य कर्पोरेशनले जनाएको छ । नेपालका लागि डायस्पोराको ठूलो अवार्ड सुर्य ईनटरनेशनल अवार्ड हो । पछिल्लो समय नेपाली फिल्मको राम्रो गन्तव्य बन्दै गरेको जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ २०१८ र २०१९ सम्पन्न भईसकेको छ । जसमा दर्जनौं फिल्मकर्मी र अतिथीहरु सहभागी भएका थिए ।
यतिखेर आयोजक संस्था तेश्रो संस्करणको तयारीमा जुटेको छ । कर्पोरेशनका अध्यक्ष  लामिछाने तेस्रो संस्करणको तयारी र फिल्ड भिजिटका लागि अमेरिकामा छन् । कर्पोरेशनले सामाजिक सञजालबाटै अवार्डको घोषणा गरेका हुन् ।
पहिलेको संकरणमा झै अवार्डको औपचारिक जानकारी र फर्म खुल्ला काठमाडौंमा गरिनेछ । उत्कृष्ट तीन मनोनयनमा परेका कलाकार तथा फिल्मकर्मीलाई जापानको टोकियोमा नोमिनेशन प्रमाणपत्र सार्वजनिक गरिनेछ । यस्तै त्यसको केही सातापछि अर्थात नेपाली नयाँ बर्षको छेको पारी २०२१ मा अमेरिकामा यो अवार्ड समारोह भव्य रुपमा सम्पन्न गरिनेछ ।
यस अघि सुर्य कर्पोरेशनले जापानमा साकुरा नाईट नामक साँगीतीक कार्यक्रम तथा अन्य साँस्कृतिक कार्यक्रम पनि निरन्तर रुपमा आयोजना गर्दै आएको थियो । यस्तै पछिल्लो समय जापानमा नेपाली फिल्महरु प्रदर्शन गर्दै आएको कर्पोरेशनले नेपाली फिल्मको अन्र्तराष्ट्रिय वितरणमा समेत हात हालेको छ ।
निर्माण हुन लागेको केही फिल्मको अन्र्तराष्ट्रिय अधिकारका लागि समेत कर्पोरेशनले सम्झौता गरिसकेको छ । अनमोल केसीको होम प्रोडक्शनमा निर्माण हुने फिल्म र अन्य केही फिल्महरुसँग कर्पोरेशनले अन्र्तराष्ट्रिय अधिकारका लागि सम्झौता गरिसकेको छ ।
नेपाली कला संस्कृतिको प्रवद्र्धन तथा नेपाली गीत संगीत र फिल्मलाई अन्र्तराष्ट्रिय स्तरमा पुराउन पनि सुर्य कर्पोरेशनले सुर्य अवार्डलाई अगाडी सारेको अध्यक्ष लामिछानेले बताएका छन् । कोरोना महामारीको कारण ठप्प झैँ बनेको नेपाली फिल्मनगरीलाई नेपालसँगै अन्र्तराष्ट्रिय स्तरमा पनि प्रचार प्रसार र टेवा पुग्ने गरि अहिलेको अवस्थालाई अध्ययन गरि अवार्डको तेश्रो संस्करण अमेरिकामा तय गरिएको नेपालका लागि संयोजक समीर बलामीले बताएका छन् ।  सुर्य कर्पोरेशनले अवार्डसँगै नेपाली फिल्मको प्रवद्र्धन र पर्यटन प्रवद्र्धनलाई समेत टेवा पुग्ने गरि कार्यक्रमहरु गर्दै आईरहेको छ, सुर्य कर्पोरेशन तथा सुर्य अवार्डका ब्राण्ड एम्बेसडर नरेश भट्टराईले भने ।
पछिल्लो पटक सम्पन्न भएको सुर्य अवार्डका लागि जापानमा नीर शाह , मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, भुवन केसी, अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्मा, पल शाह, बर्षा राउत, आँचल शर्मा, श्वेता खड्का, राजेश पायल राई, दीपा श्री निरौला, जितु नेपाल, सन्दिप क्षेत्री लगायत पाँच दर्जन बढि कलाकारहरुको उपस्थिती रहेको थियो ।  यस बर्ष भने जापानमा हुने नोमिनेशन समारोहमा पाँच दर्जन कलाकारहरु सहभागी हुने आँकलन गरिएको छ । यस्तै अमेरिकामा हुने अवार्ड समारोहमा भने ४ दर्जन कलाकार तथा अतिथीहरु सहभागी गराउने तयारी रहेको छ ।
अवार्ड समारोह संगीत तर्फ ६ विधा र फिल्मतर्फ ६ विधा राखिएको छ । जसमा फिल्मतर्फ उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सह अभिनेता र सह अभिनेत्री समावेश छ । यस्तै संगीत तर्फ पप, आधुनिक र लोक गरि ६ गायक गायिका समावेश छ । यस्तै अवार्ड समारोहमा दुई दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाइ लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान र एक दशक निरन्तर फिल्म पत्रकारिता गरेका पत्रकारलाई फिल्म पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । अवार्ड समारोहसँगै सुर्य कर्पोरेशनले क्रुज (पानीजहाज) पार्टि, मिनि गेट टु टुगेदर नाईट पार्टिलगायत आयोजना गर्दै आएको थियो । यसलाई यो पटक पनि निरन्तरता दिने कर्पोरेशनले जनाएको छ । अवार्ड समारोहले चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सहकार्य गर्दै आईरहेको छ ।

 

प्रकाशित मिति: आइतवार, पुष ५, २०७७, ११:३१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘डिसेम्बर फल्स’ को शुभसाइत
युट्युबमा छ माया छपक्कै
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
नयाँँ" गित जिन्दगीको आभास"
ताजा समाचार
‘डिसेम्बर फल्स’ को शुभसाइत बिहिवार, माघ ८, २०७७ 58
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
फिल्म
‘डिसेम्बर फल्स’ को शुभसाइत रंगसंसार
युट्युबमा छ माया छपक्कै रंगसंसार
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने रंगसंसार
म्यूजिक
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक बिहिवार, माघ ८, २०७७
रहेनन् सर्जक रत्न बानियाँ बिहिवार, माघ ८, २०७७
गायक परियारको 'रेलको भाडा' सार्वजनिक बिहिवार, माघ ८, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 508
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 927
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 620
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago