Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधवार, असार २२, २०७९ ०६:३७:४६ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’
‘सही हो नी कान्छी’ भन्दै आए रोशन
‘बौवा रे’ को टिकटक प्रतियोगिता सुदिनले गरे घोषणा
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक
सदीक्षा र राहुल बाँधिए विवाह बन्धनमा
चलचित्र ‘दोख’को टिकट बुकिङ खुल्ला
रामचन्द्र र लक्ष्मीको ‘ठुली’ सार्वजनिक
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने
म्यूजिक
  • Home
  • म्यूजिक
  • एकसाथ ७ गीत ल्याउने तयारीमा रामप्रसाद खनाल
एकसाथ ७ गीत ल्याउने तयारीमा रामप्रसाद खनाल
64x64
सोमवार, माघ ३, २०७८ रंगसंसार

वरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ ७ गीत ल्याउने तयारीमा छन् । पछिल्लो समय अमेरिका रहँदै आएका खनाल पारिवारिक कामले केही अगाडि नेपाल आएका थिए । हरेक पटक नेपाल आउँदा नयाँ गीत संगीत र पुस्तक सार्वजनिक गर्ने खनालले एक पुस्तक ‘माटोको दुखाई’ नामक कविता संग्रह समेत सार्वजनिक गरेका छन् ।

खनालले सार्वजनिक ल्याउने तयारी गरेका ७ गीतमा लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक छन् । ती सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको म्युजिक भिडियो छायाङ्कन समेत भएको र तीन गीतको बाँकी रहेको खनालले बताए ।

तर कोरोनाका कारण बाँकी गीतको म्युजिक भिडियो छायाङ्कन सम्भव हुन नसकेको खनालले बताए । ‘सबै गीतको भिडियो छिट्टै सक्ने योजना थियो’ खनालले भने ‘बढ्दो कोरोना संक्रमणले अलमल्ल पार्यो ।’ बाँकी तीन गीतको भिडियो अहिले गर्ने कि पछि गर्ने केही निर्णय गर्न नसकेको उनले सुनाए ।

खनालले ल्याउन लागेका ७ गीतमध्ये पहिलो ‘हे कृष्ण ह राम’ बोलको भजन गीत रहेको छ । शब्द, संगीत र स्वर उनकै रहेको गीतमा कोरस गायन समेत समेटिएको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा गायक खनाल, शिवहरि पौडेल लगायतको अभिनय समेटिएको छ । प्रकाश भट्टसँगको सहकार्यमा उनी आफैंले निर्देशन गरेको भजन अहिले सार्वजनिक गरिएको छ । भजनले समाजमा धार्मिक आस्था बाँड्ने, भौतिक र अनुशासित हुन सहयोग पुग्ने खनालले बताए 

खनालका अन्य गीतहरुमध्ये दोस्रो ‘तिम्री आमा मेरी आमा’ बोलको छ । लोक आधुनिक शैलीको यो गीतले श्रीमान् श्रीमतीलाई घर र माइतमा समान व्यवहार प्रेरित गर्ने खनालको विश्वास छ । खनालको शब्द तथा स्वर रहेको गीतमा संगीत सुरेश अधिकारीले दिएका छन् ।

तेस्रो गीत भने उनको गायिका सुनिता बुढाक्षेत्रीसँगको सहकार्यमा ‘एउटा ढुकुर उडिगयो’ बोलको दोहोरी गीत छ । भिडियो समेत बनेको गीतमा थानेश्वर गौतमले संगीत र कमल सरगमले संगीत संयोजन गरेका छन् । यस्तै खनालले चौथो गीतको रुपमा ‘बग्ने पानीले, मेरो दिल चोरिन् च्यान्टी नानीले’ बोलको लोकगीत बनाएका छन् । उनकै शब्द, संगीत र स्वर रहेको यो गीतको समेत भिडियो छायाङ्कन भएको छ । यो गीतको भिडियोमा अभिनेत्री रजनी केसीको साथमा खनाल आफैंले पनि अभिनय गरेका छन् । यो गीतमा सबैले नाच्ने खनालले दाबी गरे ।

भिडियो गर्न बाकी रहेको ३ गीत ‘यस्तै छ यहाँको चलन’ शीर्षकको गजल, ‘बाँकी छ हेर’ शीर्षकको ख्याली गीत र ‘फूल फुलेझैं’ बोलको दोहोरी गीत छ । जसमध्ये ‘यस्तै छ यहाँको चलन’ थानेश्वर गौतमको संगीत, बिनोद बाजुरालीको संगीत संयोजन रहेको गजल गीत हो । यसमा पनि शब्द तथा स्वर उनकै छ । ‘फूल फुलेझैं’ दोहोरी गीत भने उनले ल्याउन लागेको अन्तिम गीत हो ।

यो लोकदोहोरी गीत अलि पृथक रहेको उनको भनाई रहेको छ । उनकै शब्द रहेको यो गीत गायनमा उनलाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । कमल सरगमको संगीत रहेको गीतले गाउँघरको पानी पँधेरोदेखि विकसित ठाउँको भोगाइ समेत व्यक्त गरेको छ । म्युजिक भिडियो छायाङ्कन भएको गीतहरू भने २ देखि ४ हप्ताको अन्तरमा सबै सार्वजनिक गर्ने खनालले बताए ।

एक समय नेपाल टेलिभिजनमा ‘लोकदोहोरी’ कार्यक्रम सञ्चालन गरेर लोकदोहोरीलाई स्थापित गराउने काम गरेका खनाल गुल्मी धरन्पानी मैनडाँडामा जन्मिएका हुन् । पछिल्लो समय वासिङ्टन डिसी अमेरिका बस्दै आएका उनले १२ सय बढी गीतमा स्वर दिएका छन् ।

लोकगीत, दोहोरी गीत, तीज र भजन गरेर ५२ एल्बम बजारमा ल्याएका उनको ‘माटोको दुःखाई’ कविता सङ्ग्रह पुस्तकमा अठारौँ कृति हो । १५०० बढी कविता, मुक्तक, गजल लेखन गरेका खनाल विगत ३० बर्षदेखि गीत संगीत, लोक संस्कृति र साहित्य क्षेत्रमा क्रियाशील छन् ।

रेडियो नेपाल, नेपाल टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यममा काम गरेका खनाल थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानबाट समेत सम्मानित छन् । उनी अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको संस्थापक तथा अध्यक्ष हुन् ।
‘देउरालीमा पीपल छायाँले’, ‘दिन बिताउनै गाह्रो भो मलाई त पागल भएँ तिम्रै मायाले’, ‘छाता ओझेल पारिदेऊ बर्खे झरीमा’ लगायत खनालका थुप्रै गीत लोकप्रिय छन् ।


प्रकाशित मिति: सोमवार, माघ ३, २०७८, ०४:३५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’
‘सही हो नी कान्छी’ भन्दै आए रोशन
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा
रामचन्द्र र लक्ष्मीको ‘ठुली’ सार्वजनिक
ताजा समाचार
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’ बुधवार, असार २२, २०७९ 15
‘सही हो नी कान्छी’ भन्दै आए रोशन
‘बौवा रे’ को टिकटक प्रतियोगिता सुदिनले गरे घोषणा
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक
सदीक्षा र राहुल बाँधिए विवाह बन्धनमा
चलचित्र ‘दोख’को टिकट बुकिङ खुल्ला
रामचन्द्र र लक्ष्मीको ‘ठुली’ सार्वजनिक
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने
फिल्म
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक रंगसंसार
चलचित्र ‘दोख’को टिकट बुकिङ खुल्ला रंगसंसार
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने रंगसंसार
म्यूजिक
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’ बुधवार, असार २२, २०७९
‘सही हो नी कान्छी’ भन्दै आए रोशन बुधवार, असार २२, २०७९
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा बुधवार, असार २२, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 31
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 264
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1619
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago