Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधवार, असार २२, २०७९ ०६:४४:५८ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’
‘सही हो नी कान्छी’ भन्दै आए रोशन
‘बौवा रे’ को टिकटक प्रतियोगिता सुदिनले गरे घोषणा
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक
सदीक्षा र राहुल बाँधिए विवाह बन्धनमा
चलचित्र ‘दोख’को टिकट बुकिङ खुल्ला
रामचन्द्र र लक्ष्मीको ‘ठुली’ सार्वजनिक
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने
विविध
  • Home
  • विविध
  • हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न
हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न
64x64
बुधवार, जेठ १८, २०७९ रंगसंसार

परिवर्तन नेपालको आयोजनामा नेपालका विशिष्ट अभिनेत्रीहरु सहित महिला चलचित्रकर्मीहरुको आतिथ्यतामा हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार तथा विभिन्न चलचित्रकर्मीहरुलाई परिवर्तन नेपाल सम्मान समर्पण कार्यक्रम जेष्ठ १८ गते एक समारोहका बीच सम्पन्न भयो । उक्त समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री करिष्मा मानन्धर, अभिनेत्री निर्देशक दीपा श्री निरौला, अभिनेत्री रेजिना उप्रेती, संपादक÷निर्देशक रक्षा राणा, संचारकर्मी तथा निर्देशक सम्झना उप्रेती रौनियार, स्व.चेतन कार्कीकी धर्म पत्नी गंगा कार्की तथा चलचित्रकर्मीहरु, मोहन निरौलाकी दिदी शावित्री कोइरालाले पुरस्कार र सम्मानित व्यक्तित्वलाई पुरस्कार तथा सम्मान समर्पण गर्नु भएको थियो ।

हरितारा चलचित्र पुरस्कारको संरक्षक सदस्य मालिका राणाको सभापतित्वमा सम्पन्न उक्त समारोहमा अभिनेत्री मिथिला शर्मा र संचारकर्मी विदुर गिरीलाई जनही २५ हजार रुपैयाको थैली सहित लिखत पत्र समर्पण गरिएको थियो ।

वि.सं. २०५२ सालमा स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार नेपालको पहिलो चलचित्र पुरस्कार मानिन्छ । स्व.विजय राणाले स्थापना गर्नुभएको उक्त पुरस्कारको संरक्षक र अध्यक्ष मनोज शम्सेर ज.ब.रा. र सदस्य सचिवमा चलचित्रकर्मी मोहन निरौला हुनुहुन्छ ।

समारोहमा दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार चलचित्रकर्मी मनोज के.सी. र अभिनेता विनोद श्रेष्ठलाई जनही १० हजार थैली सहितको लिखत पत्र र चेतन कार्की स्मृति पुरस्कार अभिनेता निर्देशक देश भक्त खनाललाई ११ हजार १ सय ११ रुपैया सहितको लिखत–पत्र समर्पण गरिएको थियो ।

सोही समारोहमा नेपाल चलचित्र पत्रकार संघका वर्तमान अध्यक्ष दिनेश सिटौलालाई परिवर्तन नेपाल पत्रकारिता विशेष सम्मान समर्पण गरिएको थियो ।

चलचित्र क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने चलचित्रकर्मी निर्देशक मदन घिमिरे, निर्देशक ज्ञामनेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाह, अभिनेता श्रीदेव भट्टराईलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गरियो ।

समारोहमा अभिनेत्री शारदा गिरी, निर्देशक जनकराज खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल÷अभिनेत्री दीपाशा व.सी., खेलाडी÷कलाकार नन्दा बस्याल, रंगकर्मी मञ्जु निरौला, रेणु पौडेल, रजनी अर्याललाई परिवर्तन सम्मान अर्पण गरिएको थियो । उपरोक्त पुरस्कार र सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेको थियो ।

गायक÷संगीतकार तथा संचारकर्मी सरोज कोइरालाले संचालन गर्नु भएको उक्त समारोहमा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य ब्यक्त गर्दै परिवर्तन नेपालले आफ्नो स्थापना काल २०५३ देखिनै चलचित्रकर्मीहरुलाई पुरस्कार तथा सम्मान अर्पण गर्दै आइरहेको बताउनु भयो भने परिवर्तन नेपालले अर्पण गर्ने पुरस्कारका लागि आफ्नी धर्मपत्नी श्रीमती कविता निरौलाले दश लाखको अक्षय कोष स्थापना गरिदिनुभएको बताउनु भयो ।

समारोहमा पुरस्कृत व्यक्तित्व अभिनेत्री मिथिला शर्माले विशिष्ट संस्कृतिविद तथा चलचित्रकर्मी चेतन कार्कीको योगदानलाई राष्ट्रले संझनु पर्नेमा परिवर्तन नेपालले सम्मान स्वरुप पुरस्कार स्थापना गरेकोमा परिवर्तन नेपाललाई धन्यवाद दिनु भयो । यसैगरी अभिनेत्री करिष्मा मानन्धरले नेपालमा चलचित्र सम्बन्धी पहिलो पुरस्कार हरितारा पुरस्कार भएको चर्चा गर्दै चलचित्रकर्मीलाई प्रोत्साहन गर्न परिवर्तन नेपालले पुरस्कार अर्पण गर्दै आएकोमा चलचित्रकर्मीको तर्फबाट धन्यवाद दिनु भयो ।

अभिनेत्री रेखा थापाले चलचित्रकर्मीहरुको उत्थानका लागि यस प्रकारका पुरस्कारले प्रोत्साहन मिल्ने चर्चा गर्दै प्रत्येक चलचित्रकर्मीहरु देश समाज परिवर्तन गर्ने नायक भएको महशुश गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

समारोहमा कलाकार÷निर्देशक दीपाश्री निरौला, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्रकर्मी मदनदाश श्रेष्ठ, देशभक्त खनाल र मनोज के.सी.ले मन्तव्य राख्नु भएको थियो ।

समारोहको व्यवस्थापन निर्देशक माधवराज खरेलको संयोजकत्वमा निर्देशक विश्वदीप घिमिरे, कलाकार प्रल्हाद खरेल र संचारकर्मी राममणि ढकाल सदस्य रहेको समितिले गरेको थियो । समारोहमा चलचित्रकर्मी र संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बुधवार, जेठ १८, २०७९, ०७:३७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘बौवा रे’ को टिकटक प्रतियोगिता सुदिनले गरे घोषणा
सदीक्षा र राहुल बाँधिए विवाह बन्धनमा
विवाह बन्धनमा बाँधिदै संयम र आश्मा
मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको हुने
ताजा समाचार
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’ बुधवार, असार २२, २०७९ 15
‘सही हो नी कान्छी’ भन्दै आए रोशन
‘बौवा रे’ को टिकटक प्रतियोगिता सुदिनले गरे घोषणा
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक
सदीक्षा र राहुल बाँधिए विवाह बन्धनमा
चलचित्र ‘दोख’को टिकट बुकिङ खुल्ला
रामचन्द्र र लक्ष्मीको ‘ठुली’ सार्वजनिक
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने
फिल्म
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक रंगसंसार
चलचित्र ‘दोख’को टिकट बुकिङ खुल्ला रंगसंसार
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने रंगसंसार
म्यूजिक
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’ बुधवार, असार २२, २०७९
‘सही हो नी कान्छी’ भन्दै आए रोशन बुधवार, असार २२, २०७९
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा बुधवार, असार २२, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 31
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 264
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1619
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago