नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि. द्वारा नेपालमा नेक्स्ट ग्ल्यामर नेपाल प्रतियोगिताको आयोजना हुने भएको छ ।आउँदो असार ११ गते काठमाडौंको शान्तिनगर स्थित साक्यता डान्स स्टुडिओमा नेक्स्ट ग्ल्यामर नेपाल २०२२ को अडिसन हुने जनाइएको छ ।
नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि.ले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरूले नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि., साक्यता डान्स स्टुडिओ को कार्यालयबाट र अन्लाइन फर्मबाट फर्म लिएर सहभागिता जनाउन सक्ने जनाइएको छ । प्रतियोगितामा भाग लिनको लागि १६ बर्षदेखि २६ बर्ष सम्मको हुनुपर्ने बताइएको छ ।
त्यस्तै महिलाको उचाइ चार फिट पाँच इन्च र पुरुषको पाँच फिट पाँच इन्चभन्दा माथि हुनुपर्नेछ प्रतियोगिताको विजेताले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्रमा अवसर, म्युजिक भिडियोमा अवसर, अवार्ड, ट्रफि मिडियामा अन्तर्वार्ता र अन्य थुप्रै उपहारहरू पाउन सक्ने आयोजक संस्था नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि. का अध्यक्ष सबनम चौधरीले बताउनुभएको छ ।
प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर केडी भट्टराईबाट प्रतिस्पर्धिलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरूलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लाससहित गतिविधीमासमेत सहभागि गराइने आयोजकले जनाएको छ ।