नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केन्द्रीय महासचिव नृपध्वज खत्री, केन्द्रीय सहकोषाध्यक्ष केशव कोइराला ,काठमाडौं जिल्ला अध्यक्ष बुद्ध लामा, सचिव देवराज गुरुङ, चन्द्रागिरि नगर कमिटीका अध्यक्ष कृष्ण रानामगर, गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष बाबू सेन्चुरी, तारकेश्वर नगर कमिटीका अध्यक्ष छिरिङ लामा, उपाध्यक्ष कृष्ण रसाल, सदस्य ज्ञानेन्द्र कार्की, सिन्धुली जिल्ला शाखा सचिव पदम बर्मा उपस्थित कार्यक्रम सम्पन्न भएको हो ।
उपस्थित अतिथिहरूले संघले पाँचौं वर्ष पुरागरी छौटौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना दिदै आगामी दिनमा अझै राम्रो कार्य गर्न सफल रहोस् भनी शुभकामना दिएका थिए ।
संघले असार महिनामा जन्म परेका केन्द्रीय सचिव ऋषि श्रेष्ठ ,केन्द्रीय कोषाध्यक्ष शारदा शर्मा, केन्द्रीय सहकोषाध्यक्ष केशव कोईराला, केन्द्रीय सदस्य सृजना राजबाहक, तारकेश्वर नगर कमिटीका उपाध्यक्ष कृष्ण रसाल र भक्तपुर जिल्ला शाखाका तुल्सिराम श्रेष्ठ लाई संघका अध्यक्ष चुडामणि फुयालले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला शाखा अध्यक्ष बुद्ध लामा २०७९ सालको स्थानीय निर्वाचनमा काभ्रेको चौरीदेउराली गाउँपालिका वाङथलि वडा नम्बर १ को वडा सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै सम्मान गरिएको थियो । संघको तर्फबाट अध्यक्ष चुडामणि फुयाल, निवर्तमान अध्यक्ष दिपक बज्राचार्य, उपाध्यक्ष नारायणी थापामगर, उपाध्यक्ष प्रदिप श्रेष्ठ, सचिव समीर शंखदेव प्रजापति, सहकोषाध्यक्ष अष्ट लामा, सदस्य आशिष राई, राजेश कमल क्षेत्री, सागर वनमाला, आशिका श्रेष्ठ, मेलिना कार्कीले अध्यक्ष लामालाई पाँच वर्षे कार्यकाल सफलता शुभकामना दिनुभएको थियोे ।
सम्मानित लामाले आफूलाई भक्तपुर जिल्ला शाखाले दिएको सम्मानले थप जिम्मेवारी बढाएको भन्दै संघका सम्पूर्ण पदाधिकारीहरु लाई धन्यवाद दिनुभएको थियोे ।