Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, माघ १६, २०७९ ०१:२३:४६ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
विविध
  • Home
  • विविध
  • रोल्पा चलचित्र छायांकनका लागि ‘भर्जिन ल्याण्ड’
रोल्पा चलचित्र छायांकनका लागि ‘भर्जिन ल्याण्ड’
64x64
मंगलबार, माघ १०, २०७९ रंगसंसार

चलचित्र छायांकनका लागि रोल्पाले थुप्रै सम्भावना बोकेको चलचित्रकर्मीहरूले बताएका छन् । राजनीतिक, धार्मिक, पर्यटकीय तथा साँस्कृतिक हिसाबले परिचित रोल्पामा चलचित्र छायाँकनका लागि रोजाईमा पार्न सकिने उनीहरुको भनाइ छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीको डाँडागाउँमा आयोजना गरेको ‘बृहत चलचित्र बहस’ मा चलचित्र निर्देशक ऋषिराज आचार्यले रोल्पा चलचित्र छायाँकनका लागि उपयुक्त ठाउँ भएको बताए ।

उनले भौगोलिक हिसावले टाढा हुँदा आर्थिक लगानी बढी लगाउनुपर्ने हुँदामात्रै रोल्पा चलचित्र छायाँकनस्थल बन्न नसकेको बताए । ‘जनयुद्धको उद्गम थलोको रुपमा परिचित रोल्पामा छायाँकनस्थल निकै सुन्दर छन् ।’ उनले भने (‘फिल्म सुटिङका लागि दुरीका हिसावले टाढा भएकाले पनि अहिलेसम्म चलचित्रकर्मीको नजरमा नपरेको होला ।’ सरकारले चलचित्र छायाँकनका लागि केहि लगानी गर्न सकेपछि निर्माता निर्देशक पनि रोल्पाका लागि लगानी गर्न तयारी रहेको उनले बताए ।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय पुर्व अध्यक्ष शान्ति प्रियले चलचित्रका निर्माता निर्देशकले फिल्मको कथावस्तु अनुसार छायाँकनस्थल छनौट गर्न नसकेको बताए । ‘फिल्मको कथावस्तु अनुसारका छायाँकनस्थल पर्न सकेको छैन् ।’ उनले भने (‘रोल्पाजस्तो सुन्दर ठाउँ अब फिल्मकर्मीको नजरमा पर्नुपर्छ, यसका लागि फिल्मकर्मी र सरकार दुवैको ध्यान पुग्न आवश्यक छ ।’

नायक रमित ढुंगानाले रोल्पा चलचित्र छायाँकनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने बताए । एक सय बढी चलचित्रमा अभिनय गरिसकेका ढुंगानाले अहिलेसम्म चलचित्रको कथावस्तु अनुसार छायाँकनस्थल पर्न नसकेको अनुभूति भएको बताए ।

परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले रोल्पा चलचित्रको पर्दामा समेटीन नसक्नुमा समन्वयको अभाव खट्कीएको बताए । उनले अब चलचित्र छायाँकनस्थलको रुपमा रोल्पालाई गराउन सकेपछि स्थानीय नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्ने बताउनुभयो ।

चलचित्रकर्मीको नजरमा रोल्पा पर्न सकेपछि पालिकालाई पनि आर्थिकरुपमा सवल बनाउन सकिने बताउनुभयो । उहाँले चलचित्रको छायाँकनका लागि रोल्पामा आउन चाहने निर्माता निर्देशकलाई जिल्लाका सबै पालिकाको समन्वयमा आवश्यक बजेटको व्यवस्थापन पालिकाले गर्ने पनि बताए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा फिल्मर्कीले रोल्पा चलचित्र छायाँकनका लागि भर्जिन ल्याण्ड रहेको बताएका छन् । १० बर्षे जनयुद्धको क्रममा तत्कालीन जनयुद्धका मुख्य कमाण्डर तथा गणतन्त्र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिशेष सुरक्षा सहित सेल्टर लिएको ठाउँ“युद्ध पर्यटन केन्द्र डाँडागाउँ“अहिले पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएकोले त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न आबश्यक रहेको समेत उनिहरुको जोड छ ।

बहस कार्यक्रममा रोल्पामा चलचित्र निर्माणको अवस्था, सम्भावना र चुनौती कार्यक्रमको विषय उद्देश्यका बारेमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपानेले प्रकाश पारेका हुन् ।

चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाको आयोजना, गाउँपालिका वडा नम्बर २ को सह(आयोजना तथा पालिकाको सहयोगमा कार्यक्रम भएको हो । संघका जिल्ला अध्यक्ष शिव पुनको अध्यक्ष तथा गाउँपालिका अध्यक्ष बुढा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगरको स्वागत मन्तव्य बाट सुरु भएका कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न झाँकी समूह, आमा समूह, बाजा समूह, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार, साहित्यकार, समाजसेवी, बुद्धिजीवी लगाएतको सहभागिता रहेको थियो ।

रोल्पाको परिवर्तन गाउँपालिका(२ राङ्सीको डाँडागाउँ ऐतिहासिक महत्त्व बोकेको गाउँ समेत मान्ने गरिएको छ । पहिलेको युद्धस्थलको रुपमा परिचित उक्त स्थान अहिले पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएकोले त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

उद्घाटन कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका उपाध्यक्ष सन्तोष केसी र बहस कार्यक्रमको सहजीकरण पत्रकार बसन्त विवस आचार्यले गरेका हुन् ।


प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९, १२:१५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
निफ फिल्म फेस्टिभल चैत २ देखि क्यूएफएक्सका चार हलमा हुने
‘पठान’ हेर्न पुगेकी पूजाले हलभित्रै काटिन् केक
म्युजिक खबर म्युजिक अवार्डको दशौं संस्करणका उत्कृष्ट पाँच सार्वजनिक
ताजा समाचार
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ बिहिवार, माघ १२, २०७९ 31
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
फिल्म
फ्रन्टलाइन वर्कर बनिन् ऋचा रंगसंसार
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा रंगसंसार
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’ रंगसंसार
म्यूजिक
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’ बिहिवार, माघ १२, २०७९
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय बिहिवार, माघ १२, २०७९
'ह्यारी कि प्यारी'को दोस्रो गीत रिलिज बुधवार, माघ ११, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 353
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 641
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1904
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago