Skip This
Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रवार, चैत्र १०, २०७९ ०७:०३:१६ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै
वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन
अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको अल्पायुमै दुःखद निधन
‘चौथो ओएसनेपाल म्युजिक अवार्ड’को आवेदन खुल्ला
सुटिङ अगावै कानुनी झमेलामा 'हेरा फेरी-४'
१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा हुने
हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ ८० लाखमा नेपाल भित्रियो
विविध
  • Home
  • विविध
  • नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
64x64
बिहिवार, माघ १२, २०७९ रंगसंसार

डार्बिन (अष्ट्रेलिया)- सरस्वती पुजाको अघिल्लो दिन नेपालमा माघे ठिही चलिरहेकै बेला अष्ट्रेलियाको डार्बिन हपहपी गर्मीमा रापिएको थियो ।

यसैबीच भर्खरै नयाँ स्वरुप पाएको ‘डार्बिन इन्टरटेनमेन्ट सेन्टर’ मा बुधबार ठीक ७ बज्दा चिरपरिचित घडी देखिन सुरु भयो । त्यसको आधा घन्टामै यो वर्ष अष्ट्रेलिया यात्राकै पहिलो नेपथ्य आवाज गुञ्जिन प्रारम्भ भयो ।

दर्शकदीर्घा डार्बिनमा पढ्न वा बसोबासका निम्ति आइपुगेका नेपालीहरुको मिश्रित भीँडले भरिएको थियो ।

कन्सर्टको सुरुवात नेपथ्यको ताजा सिर्जना ‘भटभटे’ बाट भयो । गीत चलिरहँदा काठमाडौंको अस्तब्यस्त सडकमा छायांकन गरिएको त्यसको म्यूजिक भिडियो पछाडि पर्दामा देखाइएको थियो । त्यसले हाल डार्बिनमा बस्दैआएका थुप्रै काठमाडौका पुराना वासिन्दालाई घरको सम्झनाले घच्घच्याएको देखिन्थ्यो ।

त्यसपछि ब्याण्डको प्रारम्भिक दिनदेखिकै चर्चित गीत ‘छेक्यो छेक्यो’ सुनाइएको थियो ।

यसअघि सन् २०१९ मा नेपथ्यले यसैगरि अष्ट्रेलियाको टुर गरिरहँदा उक्त गीतका सर्जक शुक गुरुङको नेपालमा देहावसान भएको थियो ।

परदेशमा यो सुनेर दुःखी भएको ब्याण्डले लगत्तैको मेलबर्न कन्सर्टमा स्टेजबाटै गुरुङप्रति श्रद्धान्जली अर्पण गरेको थियो । यसपटक डार्बिनमा कन्सर्ट आयोजना हुनुभन्दा ठीक एकदिन अघि चार वर्ष अघिको त्यहि भिडियो रेकर्डलाई ब्याण्डले आफ्नो आधिकारिक
युट्युब च्यानलबाट रिलिज गरेको थियो ।

त्यसपछि ‘भेँडाको ऊनजस्तो’ गीतसँगै हल भित्र हिउँको वर्षा हुनथालेपछि तातो डार्बिनका वासिन्दाहरु रमाउँदै नाच्न सुरुगरेको देखिन्थ्यो ।

‘तपाइँहरुलाई यहाँ देख्दा मलाइ गाउँमै पुगेको भान पर्दैछ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने- ‘अब म तपाईहरुलाई हाम्रो उतै गाउँको रोदीघरतिर लैजान्छु ।’

त्यसपछि ‘लामपाते सुरती’ गाइरहँदा दर्शकहरु गाउँकै सम्झनाले भावुक बनेर रमाएका देखिन्थे ।

‘जोमसोमे बजार’ र ‘शिरफूल शिरैमा’ जस्ता गीतहरु गाउँदा पछाडि दृश्यमा पहाडी अनि हिमाली भेगका यात्राको क्रममा खिचिएका दृश्य देखाइएको थियो । त्यसले दर्शकलाई पनि जोमसोम र धौलागिरितिरै पुर्याएको थियो ।

‘हाम्रा सुन्दर डाँडाकाँडाहरु पैदल घुम्ने अवसर पाएकोमा म आफुलाई भाग्यमानी ठान्छु,’ अमृतले भने-‘अर्को पटक तपाइहरु पनि नेपाल पुग्दा त्यसैगरि गाउँ ठाउँ पुग्ने अवसर नगुमाउनु होला ।’

भर्खरै नेपालमा ‘मानवताको लागि संगीत’ नारा बोकेर सिंगो मुलुक भ्रमण गरेको नेपथ्यले यो वर्ष पुरै त्यसै नाराका साथ आफूलाई अघि बढाउने संकल्प लिएको छ ।

संगीतका माध्यमबाट मानवताको प्रवद्र्धन हुनसकोस् भन्ने भावनाले यसो गरिएको हो ।
बुधबारको कन्सर्टकै क्रममा नेपथ्यको अर्को सर्वकालिक हिट गीत ‘यो जिन्दगानी’ सुनाइरहँदा त्यसै संकल्पको झझल्को पछाडिको पर्दामा पनि देखिन्थ्यो ।

अष्ट्रेलियाका दर्शकहरुमाझ पनि मानवसेवा आश्रमबाट उद्धार गरिएकाहरुको दृश्य राखेर तयार पारिएको भिडियो नै पृष्ठभूमिमा प्रस्तुत गरिएको थियो ।

यो गीत सकिनेबित्तिकै अमृतले उपस्थित डार्बिनका दर्शकलाई मानवताको खातिर अघि बढ्न आव्हान गरेका थिए ।

त्यसपछिको चरणमा भने दर्शकहरुलाई उफार्नेगरि ‘जोगले हुन्छ भेट’, ‘रेशम’ र ‘तालको पानी’ जस्ता गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको अन्त्य भने राष्ट्रिय झण्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसूर्जे’ सुनाएर गरिएको थियो ।

त्यस क्रममा नेपालीहरु जता बसे पनि हाम्रो भाषा र संस्कृतिलाई जोगाएर राख्न अमृतले अनुरोध पनि गरेका थिए ।

‘यो कार्यक्रम हेरुन्जेल मनोरञ्जन मात्र नभइ पुराना दिनका याद र चेतनामूलक सन्देशले असाध्यै छोइरहेको थियो,’ डार्बिनका आयोजक सुबिन कँडेल भनिरहेका थिए- ‘कार्यक्रम हेर्नआएका सबैजसो दर्शकबाट असाध्यै उत्साहजनक प्रतिक्रिया पाइरहेको छु ।’

यसअघि नेपाल छाड्ने बेलामा ब्याण्डलाई अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले शुभकामना सन्देश पठाएकी थिइन् ।

त्यसैगरि अष्ट्रेलियामा ओर्लनेबित्तिकै राजधानी क्यानबेराबाट नेपालका राजदूत कैलाश पोखरेलले शुभकामनाका साथ स्वागतका सन्देश सम्प्रेषण गरेका थिए ।

यो यात्रामा कलाकार, प्राविधिक र व्यवस्थापक गरेर १३ सदस्यीय टोली सहभागी छ ।  

स्टेजमा भने सँधैझैँ अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

यसरी उत्तरको डार्बिनबाट सुरु भएको नेपथ्यको अष्ट्रेलिया श्रृंखला अब दक्षिणको ‘साउथ अष्ट्रेलिया’ राज्यतर्फ बढ्नेछ ।

त्यसको राजधानी एडिलेडस्थित ‘हिण्डले स्ट्रीट म्यूजिक हल’मा जनवरी २८ तारिख शनिबारका दिन नेपथ्यका गीतहरु सुनाइने छन् । त्यस हलमा चार वर्षअघि पनि नेपथ्य प्रस्तुत भएको थियो ।

एडिलेडपछि ब्रिसबेनको ‘फोर्टिच्यूड म्यूजिक हल’, क्यानबेराको ‘म्येनिंग क्लार्क हल, पर्थको ‘मेट्रो सिटी हल’, सिड्नीको ‘होडर्न पभिलियन’, मेलबर्नको ‘फोरम’हुँदै अन्तिममा ब्याण्डको यात्रा अष्ट्रेलियाकै पुछारतर्फको हुनेछ । बेग्लै टापुमा बसेको राज्य तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन यसपटक अष्ट्रेलिया यात्राकै अन्तिम प्रस्तुती नेपथ्यले दिनेछ ।


प्रकाशित मिति: बिहिवार, माघ १२, २०७९, ११:२८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन
अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको अल्पायुमै दुःखद निधन
‘चौथो ओएसनेपाल म्युजिक अवार्ड’को आवेदन खुल्ला
१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा हुने
ताजा समाचार
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’ शुक्रवार, चैत्र १०, २०७९ 7
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै
वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन
अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको अल्पायुमै दुःखद निधन
‘चौथो ओएसनेपाल म्युजिक अवार्ड’को आवेदन खुल्ला
सुटिङ अगावै कानुनी झमेलामा 'हेरा फेरी-४'
१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा हुने
हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ ८० लाखमा नेपाल भित्रियो
फिल्म
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै रंगसंसार
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन रंगसंसार
काठमाडौंमा सुटिङ भइरहेको विदेशी फिल्ममा पूर्वमिस नेपाल निकिता चण्डकको मूख्य भुमिका रंगसंसार
म्यूजिक
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’ शुक्रवार, चैत्र १०, २०७९
लामो अन्तरालपछि एक साथ ‘काली काली’ भन्दै गजित र गम्भीर बिहिवार, चैत्र ९, २०७९
पाँच वर्षपछि स्टेजमा फर्किइन् टेलर स्वीफ्ट बुधवार, चैत्र ८, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 428
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 705
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1992
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago