Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, माघ १६, २०७९ ०१:३०:३१ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
विविध
  • Home
  • विविध
  • मंसिर २२ देखि अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल
मंसिर २२ देखि अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल
64x64
बुधवार, मंसिर २१, २०७९ रंगसंसार

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) को २०औँ संस्करण आगामी मंसिर २२ गते बिहिबारदेखि प्रारम्भ हुने भएको छ । भारतीय निर्देशक एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकिल’ को विशेष प्रदर्शनमा सहभागी हुन निर्देशक प्रकाश झा नेपाल आउन लागेका छन् । फिल्ममा उनको मु्ख्य भूमिका छ ।

फिल्म प्रदर्शनपछि सहभागीसँग अन्तरक्रियासमेत गर्ने उनको कार्यक्रम छ । आयोजक संस्था हिमाल एसोसिएसनले ‘दिगो आरोहण’ संस्करणको मूल नारा राख्दै महोत्सव आयोजना गर्न लगिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।जलवायु परिवर्तन र वातावरणीय सङ्कटले हिमाल आरोहणमा ल्याएको चुनौतीलाई लक्षित गर्दै यो नारा तय गरिएको फेस्टिभल निर्देशक रम्यता लिम्बूले बताइन् ।

‘यसपटक भौतिकरुपमा महोत्सव आयोजना गर्न पाउँदा उत्साहित छौँ । फिल्म स्क्रिनिङबाहेक नेपाली फिल्मको भविष्य, फिल्ममा तन्नेरी पुस्ता र फिल्ममा बालबालिकाजस्ता विषयमा सामूहिक छलफलसमेत हुँदैछ’, निर्देशक लिम्बूले भन्नु भयो– ‘किम्फमा ३० मुलुकका ६० भन्दाबढी फिल्म प्रदर्शन गर्दैछौँ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने फेस्टिभलमा २० भन्दाबढी अन्तर्राष्ट्रिय फिल्ममेकर सहभागी हुनेछन् ।’

यही मंसिर २६ गते सोमबारसम्म आयोजना हुने महोत्सवको सुरुआत ‘बाघको बङ्गारा’ बाट हुँदैछ । मह सिकारीको कथा पेस गर्ने फिल्म प्रिमियर गर्न पाउँदा उत्साहित रहेको निर्माता विद्या चापागाइँले जानकारी दिइन् ।

उत्तरी जाजरकोटका स्थानीयले लामो यात्रापछि अक्करे भिरमा चढेर गर्ने मह सिकारको कथा फिल्मले प्रस्तत गरेको छ । गैरआख्यान श्रेणीको यो फिल्मले मह सिकारका लागि हिमाली भेगका बासिन्दाले गर्ने दुःख र मिहेनतलाई चित्रण गर्छ ।

अष्ट्रेलियाली प्याराग्लाइडरले पोलियो रोगविरुद्ध सहायता जुटाउने उद्देश्यले सगरमाथाबाट प्याराग्लाइड गर्ने कथावस्तु बोकेको फिल्म ‘फ्लाई फ्रम एभरेस्ट’बाट समापन हुनेछ ।

जर्मन लेखक तथा निर्माता माइकल पज, नेपाली फिल्म निर्माता तथा एनिमेटेड अगुवा किरणभक्त जोशी र दक्षिण कोरियाको अल्जु पर्वतीय फिल्म फेस्टिभलकी प्रोग्रामर जिन्ना लीले किम्फमा जुरीको भूमिका निर्वाह गर्नेछन् ।

सन् २००० देखि प्रारम्भ भएको किम्फ महोत्सवमा विशेष गरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन् ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट तीनवटा फिल्मले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् भने नेपाली पानोरामाअन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’सहित एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकहरुको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’मार्फत रु ५० हजार पाउनेछ ।


प्रकाशित मिति: बुधवार, मंसिर २१, २०७९, १२:४९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
निफ फिल्म फेस्टिभल चैत २ देखि क्यूएफएक्सका चार हलमा हुने
‘पठान’ हेर्न पुगेकी पूजाले हलभित्रै काटिन् केक
म्युजिक खबर म्युजिक अवार्डको दशौं संस्करणका उत्कृष्ट पाँच सार्वजनिक
ताजा समाचार
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ बिहिवार, माघ १२, २०७९ 31
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
फिल्म
फ्रन्टलाइन वर्कर बनिन् ऋचा रंगसंसार
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा रंगसंसार
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’ रंगसंसार
म्यूजिक
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’ बिहिवार, माघ १२, २०७९
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय बिहिवार, माघ १२, २०७९
'ह्यारी कि प्यारी'को दोस्रो गीत रिलिज बुधवार, माघ ११, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 353
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 641
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1904
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago