रक व्याण्ड एक्सिस पाँच वर्षपछि काठमाडौंमा ‘सोल्ड आउट कन्सर्ट’ गरेको छ । कतारमा जारी विश्वकप फूटबलको माहोलबीच एक्सिसले ठमेल स्थित क्लब फरेनहाइटमा दर्शकलाई नचायो । पीभीइ नेटवर्कको प्रस्तुति तथा यतिब्लोण्डेको सहकार्यमा आयोजना गरिएको कन्सर्टमा एक्सिसको गीत सुन्न दर्शकको हाउसफूल उपस्थिति थियो । कन्सर्टको शुभारम्भ झिल्के एण्ड द कम्पनीले गरेको थियो । झिल्के एण्ड द कम्पनीले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरिरहँदा दर्शक सांगीतिक माहोलमा रमाइसकेका थिए ।
झिल्के एण्ड द कम्पनीको प्रस्तुतिपछि स्टेजमा देखिएको एक्सिसले दर्शकलाई नचाएन मात्र आफ्नो गीतमा उसले ‘वान्स मोर’ उत्तिकै पायो । एक्सिसको कन्सर्ट हेर्नकै लागि टिकट सोल्ड आउट भएको थियो ।
व्याण्डका प्रमुख गायक सन्दिप विश्वकर्माले ‘तिमी फेरी आउन’ बोलको गीतबाट आफ्नो प्रस्तुति थालेका थिए । यो गीत सुन्दा दर्शक नोस्टाल्जिक हुँदै सांगीतिक माहौलमा झुम्न तयार भइसकेका थिए । व्याण्डले ‘सात समुन्द्र’, ‘मुस्कान’, ‘एक चोटी’ ,‘हे मोरी’, ‘अधुरो प्रेम’लगायतका चर्चित गीत सुनाएको थियो । केही दिनअघि सार्वजनिक नयाँ गीत ‘च्याङ्बा’लाई व्याण्डले छुटाएन ।
व्याण्डले गीत सुनाइरहँदा दर्शकहरू पनि त्यही गीत गाइरहेका थिए । व्याण्डले १२ गीतमार्फत दर्शक झुमाएको थियो । व्याण्डले आगामी महिना नयाँ गीत ल्याउने तयारी गरिरहेको छ । यसबाहेक सन् २०२३ मा नेपालसँगै विश्व भ्रमण गर्ने योजना पनि बनाएको छ ।
विश्व अनलाइन स्ट्रिम प्लेटफमको रेङ्किङ अनुसार नेपालभरीको बेण्ड क्याटेगोरीम नेपथ्य, १९७४ एडी, अल्बट्रस र द एज भन्दा पहिलो स्थानमा एक्सिस रहेको छ । व्याण्डले हालसम्म ‘ब्ल्याक एण्ड ह्वाइट९२००३०’, ‘माफ गरि देउ ९२००९०’ र ‘घर गाउँ ९२०१७०’ तीन एलबम बजारमा ल्याइसकेको छ । व्याण्डमा सन्दिपसहित लिड गितारमा बिर्जु कर्माचार्य, गितारमा विक्रम मानन्धर, बेस गिटारमा सजिन महर्जन र ड्रममा कविन
शाक्य छन् ।