नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रबिन्द्र खड्काको समन्वयमा तथा नेपाल शाकाहारी पार्टीको संयोजनमा नेपाल नृत्य सङ्घका करिब ७० जना नृत्यकारहरुलाई अनामनगरमा राहत वितरण गरिएको छ । नेपाल नृत्य सङ्घका कार्यबहाक अध्यक्ष जनक कार्कीको अनुरोधमा उक्त खाद्यान्न राहत वितरण गरिएको नेपाल चलचित्र कलाकार सङघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी गराए ।
कोरोना भाइरस (कोभिड-१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म ४७ जना व्यक्ति संक्रमित देखिएका छन् भने नेपाल सरकाले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेको छ । लकडाउनपछि नेपालका हरेक क्षेत्र प्रभावित भएका छन् । लकडाउन लिम्बदै जादा बिहान साझको छाक टार्नै गार्हो भएको जस्ता समाचार आइरहदा विभिन्न सामाजिक सङ्घ/संस्थाहरुको पहलमा अप्ठायारोमा परेकालाई राहात पुर्याउने कार्य भइरहेका छन् । यस्तैमा चलचित्र कलाकार सङ्घको समन्वयमा नृत्यकारहरुलाई राहत वितरण गरिएको छ ।
नेपाल शाकाहारी पार्टीको अध्यक्ष राधेश्याम खड्का, चलचित्र बिकाश बोर्डका पूर्व सदस्य राजेन्द्र केसी (राजु)को सहयोगमा तथा जमिनकी अध्यक्ष बिद्या बज्राचार्य र कोषाध्यक्ष महात्मा पराजुलीलगायतको सक्रियतामा उक्त राहत सामग्री जुटाएर नृत्य कलाकार र प्राबिधिकहरुलाई वितरण गरिएको थियो ।
राहत वितरण कार्यक्रममा नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला, कार्यकारी सदस्य गीता नेपाल, रामेश्वर बुर्लाकोटी, प्रेस सल्लाहकार सूर्य चन्द, पशुपती क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, सञ्चारकर्मी रिता लिम्बु, नृत्य सङ्घका पूर्व अध्यक्ष दिनेश पाख्रिन, सामाजसेवी भानु ढकालकोलगायतको उपस्थिति रहेको थियो ।