Skip This
Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रवार, चैत्र १०, २०७९ ०७:१६:३० युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै
वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन
अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको अल्पायुमै दुःखद निधन
‘चौथो ओएसनेपाल म्युजिक अवार्ड’को आवेदन खुल्ला
सुटिङ अगावै कानुनी झमेलामा 'हेरा फेरी-४'
१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा हुने
हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ ८० लाखमा नेपाल भित्रियो
म्यूजिक
  • Home
  • म्यूजिक
  • मेरो मायाँ भनी...मा दिक्पालसँग गायिका सरिता
मेरो मायाँ भनी...मा दिक्पालसँग गायिका सरिता
64x64
शुक्रवार, माघ ६, २०७९ रंगसंसार
गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीत ‘मेरो मायाँ भनी...’को भिडियो बिहिबार दर्शकमाझ ल्याएकी छिन् । यो गीतको भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ । अघिल्लो गीत तिम्रो मायाँले न हो...को सफलतापछि सरिताले यतिबेला आफ्नो अर्को नयाँ गीत ल्याएकी हुन् । उनले यस अघि डेढ दर्जन गीतहरु आफ्नो स्वरमा ल्याईसकेकी थिईन् ।
सरिताको यो नयाँ गीत नेपाली लोक पप जनरामा आधारित रहेर सेलो शैलीमा तयार गरिएको छ । गीतलाई आरजे सिंहले लेखेका हुन् । जसमा संगीतकार जुगल डँगोलको संगीत छ । गीतमा संगीत संयोजन पनि जुगलले नै गरेका हुन् । आर्टोम्युज रेकर्डिङ स्टुयोमा यो गीत तयार गरिएको हो ।
यो गीतको भिडियोमा गायिका सरितासँगै अभिनेता दिक्पाल कार्कीको अभिनय छ । भिडियोमा उनीहरु दुबै जना शेर्पा समुदायको चरित्रमा उत्रिएका छन् । गीतमा विवाहको हतार भएको जनाउँदै आफुलाई विवाह गर्नको लागि घरमा वुवासँग माग्न आउन अभिनेत्रीले अभिनेतालाई अनुरोध गरेकी छिन् । यस अघि पनि केही भिडियोमा सँगै अभिनय गरिसकेका दीक्पाल र सरिताको यो भिडियोमा केमेस्ट्री सुहाएको छ । दुबैको अभिनय प्रसँसनीय छ ।
यस अघि पूर्वेली, काठे, पश्चिमेली, देउडा, पर्व जस्ता विभिन्न लोकशैलीको गीत श्रोतामाझ ल्याईसकेकी सरिताले यसपटक सेलो शैलीको गीत ल्याएकी छिन् । हिमाली क्षेत्रको लोक धुनलाई फ्युजन गरेर यो सेलो लोकपप गीत तयार पारिएको उनले बताएकी छिन् । नेपालमा विभिन्न जाती जनजातिहरुका आ आफ्नै प्रकारका लोक भाकाहरु रहेकाले ती भाकालाई आफुले क्रमस एक पछि अर्को गर्दै नयाँ रुपमा ल्याउँदै गरेको सरिताले बताईन् । अहिलेको गीत मेरो मायाँ भनी...नेपालको हिमाली क्षेत्रमा रहेका शेर्पा समुदायको लोक शैलीमा तयार गरिएको पनि सरिताको भनाई छ । गीतको म्युजिक भिडियो पनि सोही अनुसारले निर्माण गरिएको सरिताले बताएकी छिन् । भिडियोलाई विलक्षण क्रियसन प्रा.लि.ले निर्माण गरेको हो । आफ्नो गीत र भिडियोले यतिबेला राम्रो प्रतिक्रिया पाएको सरिताले बताएकी छिन् ।
यो गीतको म्युजिक भिडियोको निर्देशन उमेश गुरुङले गरेका हुन् । गीत अनुसारले भिडियोलाई तयार गरिएको छ । जसमा कृष्णबहादुर थापाको छायाँकन, निर्देशक उमेशकै सम्पादन, सुरेश राउतको कलर करेक्सन रहेको छ । 

प्रकाशित मिति: शुक्रवार, माघ ६, २०७९, ११:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’
लामो अन्तरालपछि एक साथ ‘काली काली’ भन्दै गजित र गम्भीर
पाँच वर्षपछि स्टेजमा फर्किइन् टेलर स्वीफ्ट
‘फर्किंदैछु म परदेशी’ सार्वजनिक
ताजा समाचार
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’ शुक्रवार, चैत्र १०, २०७९ 7
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै
वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन
अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको अल्पायुमै दुःखद निधन
‘चौथो ओएसनेपाल म्युजिक अवार्ड’को आवेदन खुल्ला
सुटिङ अगावै कानुनी झमेलामा 'हेरा फेरी-४'
१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा हुने
हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ ८० लाखमा नेपाल भित्रियो
फिल्म
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै रंगसंसार
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन रंगसंसार
काठमाडौंमा सुटिङ भइरहेको विदेशी फिल्ममा पूर्वमिस नेपाल निकिता चण्डकको मूख्य भुमिका रंगसंसार
म्यूजिक
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’ शुक्रवार, चैत्र १०, २०७९
लामो अन्तरालपछि एक साथ ‘काली काली’ भन्दै गजित र गम्भीर बिहिवार, चैत्र ९, २०७९
पाँच वर्षपछि स्टेजमा फर्किइन् टेलर स्वीफ्ट बुधवार, चैत्र ८, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 428
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 705
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1992
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago