चलचित्र विकास बोर्डबाट नेपाली चलचित्र क्षेत्रले केही उल्लेखनीय सक्रियता र योजनागत गति देखिन थालेको छ । बोर्डले एकैसाथ चार स्थानमा कार्यक्रम सञ्चालनमा ल्याउनुका साथै दीर्घकालीन नीति, पूर्वाधार र प्रणालीगत सुधारका कदमहरू पनि अघि बढाएको छ ।
वर्तमान समयमा बोर्डको सहकार्यमा देशका विभिन्न भौगोलिक र सांस्कृतिक क्षेत्रहरूमा चलचित्रसँग सम्बन्धित विविध कार्यक्रमहरू सञ्चालनमा छन् ।
१. काठमाडौँमा ‘ Women Make Films’ कार्यशाला
महिलाहरूको फिल्म क्षेत्रमा सहभागिता र क्षमताविकासका लागि दुई हप्ते कार्यशाला संचालनमा छ । यो कार्यक्रम महिला निर्माताहरू, निर्देशकहरू र प्राविधिकहरूलाई फिल्म निर्माणका व्यावहारिक पक्षहरूमा सशक्त बनाउन केन्द्रित छ। कार्यक्रमको आयोजना शान्ता नेपाली प्रोडक्सनले गरेको हो ।
२. पोखरामा ' Lights Camera Workshop’
नयाँ पुस्तालाई फिल्म निर्माणको प्रविधि र अभ्यासमा परिचित गराउने उद्देश्यले पोखरामा कार्यशाला सुरु गरिएको छ, जुन वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ। यसले क्षेत्रीय प्रतिभाहरूलाई केन्द्रसम्म ल्याउने प्रयासस्वरूप लिइएको छ । कार्यक्रमको आयोजना गु?ङ चलचित्रकर्मि संघले गरेको हो ।
३. रारामा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
सुदूरपश्चिम कर्णाली क्षेत्रको प्राकृतिक र सांस्कृतिक विविधतालाई फिल्ममार्फत प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव सञ्चालनमा छ । अध्यक्ष दिनेश डीसी आफैँ महोत्सवमा सहभागी हुन निर्देशक दिपाश्री निरौला तथा कलाकार प्रदिप खड्काको साथमा प्रथान गरेका छन् ।
४. दोलखामा थामी समुदायको विवाह संस्कृति सम्बन्धी डकुमेन्ट्री छायांकन
लोपोन्मुख जातीय संस्कृतिको दस्तावेजीकरण गर्दै, बोर्डको सहकार्यमा थामी जातिको विवाह परम्परा सम्बन्धी वृत्तचित्र निर्माण भैरहेको छ । यसले विविध सांस्कृतिक सम्पदाको संरक्षणमा बोर्डको भूमिका देखाउँछ ।
यसको निर्माण भने थामि चलचित्र संघले गरेको छ ।
दीर्घकालीन योजना कार्यान्वयनतर्फ
यी क्रियाशील कार्यक्रमहरूका अतिरिक्त चलचित्र विकास बोर्डले विगतमा थाँती परेका केही नीतिगत र पूर्वाधारसम्बन्धी दीर्घकालीन योजनाहरूलाई पनि मूर्तरूप दिन थालेको छ ।
चलचित्र विकास ऐन संसदमा
वर्षौंदेखि अपेक्षित रहेको चलचित्र विकास ऐन अन्ततः संसदमा प्रस्तावित भएको छ। यसले चलचित्र उद्योगलाई कानुनी संरचना, संस्थागत स्पष्टता र दीर्घकालीन स्थायित्व दिनेछ । नीति निर्माणदेखि वितरण, लगानी र सेन्सरसम्मका विषयहरू अब विधिसम्मत प्रक्रियामा आउने छन् ।
चलचित्र स्टुडियो निर्माण प्रक्रिया सुरु
‘राष्ट्रिय चलचित्र स्टुडियो’ निर्माणको प्रक्रिया अन्ततः बनेपामा यसै महिनाभित्रे शिलान्यास गर्ने तयारी गरिएको छ । यो स्टुडियो निर्माणले फिल्म निर्माणमा आवश्यक प्रविधि, सेट र पोस्ट(प्रोडक्सन पूर्वाधारको अभावको समाधानतर्फ पहिलो ठोस कदम हुनेछ ।
बक्स अफिस प्रणाली कार्यान्वयन नजिक
पटक–पटक स्थगित हुँदै आएको बक्स अफिस प्रणाली अब कार्यान्वयनको अन्तिम तयारीमा पुगेको छ। एकपटक प्रणाली लागू भएपछि टिकट बिक्री, दर्शक तथ्यांक र आम्दानी सम्बन्धी यथार्थपरक डाटा उपलब्ध हुनेछ, जसले पारदर्शिता र व्यवसायिक विश्वसनीयता बढाउनेछ। यसको अनलाईन निर्माण प्रक्रिया सम्पन्न गरेर यसै महिना भित्र उद्घाटन गर्ने तयारी छ ।
अनलाईन सर्भीसको निर्माण पुरा , बैशाखमै उद्घाटन्
चलचित्र विकास बोर्डले गर्ने सम्पुर्ण कामलाई अनलाईनबाट नै घरै बसेर गर्न मिल्ने गरि अनलाईन सर्भिस तयारी गरेको छ । यसबाट सेवाग्राहीले होम सर्भिस सेवा पाउने गरि चलचित्र विकास बोर्डले वेवसाईटको निर्माण प्रक्रिया पुरा गरेको छ । यो सेवा पनि बैसाखभित्र उद्घाटन गर्ने तयारी छ ।
ईलाममा बाल चलचित्र महोत्सवको तयारी
जेठको पहिलो हप्तामा “देशको लागि सिनेमा” भन्ने नारासहित बाल चलचित्र महोत्सवको तयारी ईलाममा भइरहेको छ, जसले सिनेमा मार्फत बालबालिकामा सृजनात्मक चेतना र सांस्कृतिक ज्ञान अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।