छायाँछवि क्रियशनको आयोजनामा हरेक वर्ष छायाँछवि तीज म्युजिक अवार्डको आयोजना हुदै आईरहेको बिदीतै छ । नेपाली चलचित्र, गीत संगीत तथा मनोरञ्जनका बिभिन्न बिधामा काम गर्दे आएको छायाँछविले मूलत नेपाली चलचित्र तथा संगीतको बिकासमा काम गरीआएको छ ।
यतिखेर देशमा बिपत्ति आईपरेको छ । गत भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको महाप्रलय बाढीका कारण धेरै जनधनको क्षति त भयो नै नेपाली मन यतिखेर आहतको अवस्थामा छ । अकस्मात आएको ठुलो बाढीका कारण नेपालीहरु यतिखेर संवेदनामा डुवेका छन् । बाढीले दीएको चोटको घाऊ यतिखेर सम्म आलो नै छ । मानविय संवेदनाको यस घडीमा हामीले नियमित रुपमा आयोजना गरिरहेको छायाँछवि तीज म्युजिक अवार्डको १३ औं संस्करण आयोजना गरीहाल्न भने सकेनौ । तीज अवार्ड मनोरञ्जनको कार्यक्रम भएका कारण यतिखेर आम नेपालीको मानसीक अवस्था अलि कमजोर भएका कारण पनि हामी रमाउन सकेनौ । यसैले यस बर्षको छायाछवि तीज म्युजिक अवार्ड हामीले तत्काल आयोजना गर्न नसकेपनि यसको निरन्तरता भने जारी रहेको अवार्ड अध्यक्ष शाान्तिप्रियले बताए ।
छायाछवि तीज अवार्ड हरेक बर्ष आयोजना गरीने नियमित कार्यक्रम हो । परिस्थीतिले अहिले कार्यक्रम गरिहाल्न अनुकुल नभएपनि हामीले अवार्डको नतीजा सार्वजनीक गरेका छौं । सार्वजनिक गरिएको नतीजा अनुसार पुरस्कृत सर्जक एवं सिर्जनाहरुलाई केही समयको अन्तरालमा एक छुट्टै कार्यक्रमको आयोजना गरि अवार्ड तथा सम्मान प्रदान गरिने अवार्डकी संयोजक कृष्ष्णा आचार्य रोशनीले बताउकी छिन् ।
१३र्औं छायाँछवि तीज म्युजिक अवार्डको नतीजा यसप्रकार रहेको छ ।
१. सर्वोत्कृष्ट तीज गीत मिक्सिङ
– प्रकाश मिश्र – छम छम नाचीदेउ
२. सर्वोत्कृष्ट तीज गीत एरेञ्जर
– विपिन आचार्य – छमछमी नाचौं न
३. सर्वोत्कृष्ट तीज गीत मोडल नव प्रतिभा
– आशा कार्की – मेरो माया जुनीभरिलाई
४. सर्वोत्कृष्ट तीज गीत मोडल पुरुष
– सुमन सागर जङ्ग केसी – मेरो माया जुनीभरिलाई
५. सर्वोत्कृष्ट तीज गीत मोडल महिला
– झरना रीसाल – माईतिघरको आगन
६. सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
– गम्भीर बिष्ट – लाली लपक्कै
७. सर्वोत्कृष्ट तीज गीत शब्द
– दीपक शर्मा – नौरति फूली
८.सर्वोत्कृष्ट तीज गीत लय
– मनु पन्त – जन्मेर हुर्केको घर
९. सर्वोत्कृष्ट मौलिक तीज गीत लय
– शंकर थापा स्माइल – रानीहार
१०. सर्वोत्कृष्ट दोहोरी तीज गीत गायिका
– नीशा सुनार – लाली लपक्कै
११. सर्वोत्कृष्ट दोहोरी तीज गीत गायक
– प्रकाश सपुत – लाली लपक्कै
१२. सर्वोत्कृष्ट तीज गीत गायिका
– सरीता भारती – भिजायो फरीया बर्खैले
१३ सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका
– गंगा गौतम – नक्कल पार्ने बानी
१४. सर्वोत्कृष्ट तीज गीत
– एक बर्षमा एक चोटी (अञ्जु श्रेष्ठ)
१५. सर्वोत्कृष्ट तीज गीत जुरी
– रश्मी पाण्डे – ह्वीस्की फोरिन्छ