दोश्रो संस्करणको क्रिएटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२५ को ग्रान्ड फिनाले समारोह सम्माननीय पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा सोमबार काठमाडौँको चाबहिल स्थित चलचित्र विकाश बोर्डको सभाहलमा गीतसंगीतका बिभिन्न २३ बिद्यामा अवार्ड प्रदान गर्दै भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला बिशिष्ठ अतिथि रहेको कार्यक्रम निर्देशक सर्जक तथा कलाकार विजेन्द्र नौबागेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरुमाः वरिष्ठ निर्देशक तथा कलाकार शुभाष प्रशाद गजुरेल, चलचित्र निर्माता संघका अध्यक्ष नायक नवल खड्का, गायक तथा संगीतकार विभि अनुरागी, राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष वरिष्ठ गायिका रिता थापा, संगीतकार संघका अध्यक्ष अष्ट लामा, धुलिखेल नगरपालिका काभ्रेका प्रमुख प्रशासकीय अधिकृत मोहन मरासेनी, हमिालय टायम्स पत्रिकाका वरिष्ठ पत्रकार कृष्ण भुसाल, मध्यान्ह दैनिकका पूधान सम्पादक मदन कुमार श्रेष्ठ, जनसवाल दैनिकका प्रधान सम्पादक राम्जी बगाले, जनआकाश राष्ट्रिय साप्ताहिकका अध्यक्ष मोहन कार्की, वरिष्ठ लोक तथा दोहोरी गायक घमेस दुलाल, कलाकार शितल के.सी, रंगपत्रकार गीता अधिकारी, स्याङ्जा काठमाडौंं सम्पर्क समन्वयन समितिका अध्यक्ष प्रितम किसान, हरित शान्ति समाजका अध्यक्ष सन्तु गिरि, वयलकम इन्टरनेशनल पालिका अध्यक्ष देवेन्द्र सारु मगर, पपुलर ग्रुप लिका अध्यक्ष गणेश बहादुर थापा, सुन्दर परिकल्पना समाजका अध्यक्ष मनु बाठा मगर, नेपाली उपभोगक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउद, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेल, मानव अधिकार तथा शान्ति प्रतिष्ठान नेपालका अध्यक्ष मान बहादुर थापा रहनु भएको थियो ।
कार्यक्रममा बिभिन्न क्षेत्रमा बिशेष योगदान पुराउनुहुनु व्यक्तित्वहरुलाई दोश्रो क्रिएटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२५ बाट सम्मानीत गरिएको थियो । सम्मान पाउनुहुनेहरुमाः रजत सम्मान : लोक स्वर सम्राट वरिष्ठ लोक तथा दोहोरी गायक राजु परियार, पत्रकारिता सम्मान : सानुकाजी श्रेष्ठ, अशिम लोप्चन तामाङ, सदाबाहार गायिका सम्मान : वरिष्ठ गायिका देवीका बन्दना, संगीत सादक सम्मान : वरिष्ठ संगीत संयोजक (एरेन्जर) राजु खड्का, दशक सम्मान : वरिष्ठ लोक तथा दोहोरी गायिका टिका पुन, नेपाली चलचित्र पहिलो महिला निर्देशक सम्मान : सुचित्रा श्रेष्ठ, नेपाली चलचित्र चरित्र अभिनेत्री सम्मान : रश्मि भट्ट, विषेश व्यक्तित्व सम्मान : चलचित्र निर्माता शर्र्मिला पाण्डे, सञ्चारकर्मी सम्मान : डिवि पराजुली, छायाँकार सम्मान : केशव अधिकारी, लोक तथा दोहोरी गायक प्रोत्साहन सम्मान : हरिराम परियार, गीतकार सम्मान : सामना शाहा, म्यूजिक भिडियो मोडल सम्मान : देव महतो, कला सम्मान : विनोद कार्की, निर्देशक तथा मोडल सम्मान : दिनेश डाँगी, युवा व्यवसाय सम्मान : राज कार्की, कला सम्मान : दिलिप ढकाल, बाल कलाकार सम्मान : मञ्जली तामाङ्ग, बाल कलाकार सम्मान : आरिया शाही, भिडियो सम्पादन सम्मान : इनिश बुढाथोकी रहनु भएको छ ।
त्यसै गरी समाजसेवि सम्मानबाट सम्मानित हुनुहुुनेहरुमा : दुर्गा लम्माल, सुशीला कट्टेल गैरे, राम कुवँर, अभिचन्द्र कार्की, ज्ञानेन्द्र गौतम, रमिता बस्नेत रहनु भएको छ । महिला उद्यमी सम्मानबाट हिमा कुमारी मल्ल, उमा मिश्र सम्मानित हुदै गर्दा स्वयंसेविका सम्मानबाट दुर्गा न्यौपाने र अमृता नौबागे सम्मानित भए भने कार्यक्रम सञ्चालक दिपेन्द्र शाहीले उद्घोषक सम्मान हात पारे । दोस्रो क्रियटिभ इन्टरनेशनल म्यूजिक अवार्ड २०२५ का निर्णायक समूहका साउण्ड इन्जिनियर डिका गुरुङ्ग, गायक भुवन प्यासी, ओम प्रकास राई, रमेस श्रेष्ठ, भुवन प्रकास बडु सम्मानित भए । सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नेहरुमा आधुनिक गायक रुपक डोटेल, आधुनिक गायिका नृत्यशिवा, लोक तथा दोहोरी गायिक माधप भण्डारी, लोक तथा दोहिरी गायिका सुनिता सुनार, लोक आधुनिक गायक सुरेश अञ्जान, म्युजिक भिडियो निर्देशक जेरि भण्डारी, लोक तथा दोहोरी शब्द भीष्मराज फुलारा, काठे लोक गीत लय सङ्कलक मौलिक गीत गायिका मञ्जु बिक, लोक तथा दोहोरी गीत लय सङ्कलन मीन प्रकाश वलि, लोक तथा दोहोरी गीत म्युजिक भिडियो मोडल सागर लम्साल ‘बले’, लोक तथा दोहोरी गीत म्युजिक भिडियो मोडल महिला अस्मिता रणपाल, लोक तथा दोहोरी गीत म्युजिक भिडियो नव मोडल रञ्जना भुजेल, आधुनिक गीत संगीतकार रबिन्द्र शाही, आधुनिक गीतकार प्रनिल प्रधान, एरेन्जर सुनिल परियार, रेकर्डिस सरोज खड्का, पप गीत गायक सुर्य मुम्बा तामाङ, मौलिक गीत गायक जुरि अवार्ड हुम गैरे, आधुनिक गीत म्युजिक भिडियो मोडल महिला सञ्चिता शाही, आधुनिक गीत गायक पब्लिक च्वाईस अवार्ड उत्सब सुब्बा लामा, आधुनिक गीतकार जुरि अवार्ड मोहन लिम्बु, आधुनिक गीत म्युजिक भिडियो मोडल पुरुष दिनेश कठायत रहेका छन् । दोस्रो क्रियटिभ इन्टरनेशनल म्यूजिक अवार्ड २०२५ लाई सफल बनाउन सहयोग गर्ने धुलिखेल नगरपालिका, कृष्ण श्रेष्ठ, श्रेष्ठ सम्लायर्स, पपुलर ग्रुप लि., गंगबु, सुटमाला बागबजार र चलचित्र विकास बोर्डलाई पनि सम्मान गरिएको थियो भने पपुलर ग्रुप प्रालि टोखाले सम्मानित व्यक्तित्वहरुलाई उपहार स्वरुप आफ्ना उत्पादनहरु प्रदान गरेका थिए ।