‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल २०२५’ स्कटल्याण्डको राजधानी एडिन्बरामा सम्पन्न भएको छ । नेपाल-स्कटल्याण्ड एसोसिएसनले फेस्टिभल आयोजना गरेको हो । फेस्टिभलमा आदिवासी जनजाती फिल्म र आदिवासी कथावस्तु समेटिएका नेपाली भाषाका फिल्मलाई पुरस्कृत गरिएको छ । नेपाली भाषातर्फ नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ उत्कृष्ट बन्यो । ‘सुगुप’ आदिवासी विधातर्फ उत्कृष्ट फिल्म बन्यो ।
विजेता सूची :
उत्कृष्ट सर्ट फिल्म– खिल
उत्कृष्ट सर्ट फिल्म जुरी अवार्ड– लैलासा पराहेके
उत्कृष्ट डकुमेन्ट्री– एभरेष्ट मम
उत्कृष्ट डकुमेन्ट्री जुरी अवार्ड– डिभाइन डिल्लेमा
आदिवासी–जनजाति फिल्म अवार्ड
उत्कृष्ट पटकथा– हेमन्त कृष्ण पाङधक (हाङनन्द)
उत्कृष्ट अभिनेता– पूर्ण लिम्बु (नाम्लो)
उत्कृष्ट अभिनेत्री– अशिष्मा नकर्मी (लाखे आजु)
उत्कृष्ट निर्देशक जुरी अवार्ड– सागर केरुङ (छे)
उत्कृष्ट निर्देशक– प्रितम गुरुङ (मुखिया)
उत्कृष्ट फिल्म– सुगुप
विशेष मेन्सन अवार्ड– नाचोङ
मूलधारको फिल्म (आदिवासी विषयवस्तु)
उत्कृष्ट पटकथा– महेश राई (गाउँ आएको बाटो)
उत्कृष्ट चरित्र अभिनेत्री– सिर्जना सुब्बा (अञ्जिला)
उत्कृष्ट चरित्र अभिनेता– माओत्से गुरुङ (अञ्जिला)
उत्कृष्ट नव अभिनेता– रितेश चाम्स (गुर्खा वारिअर)
उत्कृष्ट नव अभिनेत्री– सृजना निङलेखु (कार्साङ)
उत्कृष्ट अभिनेता– दयाहाङ राई (गाउँ आएको बाटो)
उत्कृष्ट अभिनेत्री– मिरुना मगर (घर ज्वाईँ)
उत्कृष्ट निर्देशक– मिलन चाम्स (अञ्जिला)
उत्कृष्ट फिल्म– गाउँ आएको बाटो
समारोहमा बेलायतमा बसेर चलचित्रसहितका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान प्रदान गरिएको थियो । आयोजक नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ का अध्यक्ष अरुणकुमार प्रधानका अनुसार राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली समुदायको उपस्थिती थियो ।