नेपाली सिने क्षेत्रमा रमेश उप्रेती निकै चलेको अभिनेता हुन् । उनि बिच बिचमा हराईरहेका हुन्छन् । यस्तै अन्तरालमा ८ वर्ष पछि फेरी उनको अभिनयलाई देख्न सकिने छ । टेलिसिरियलका चर्चित कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बन्न लागेको चलचित्र ‘झरीपछिको इन्द्रॆणी‘मा रमेश उप्रेतीलार्ई देख्न सकिने छ । फिल्ममा कुमार व्यञ्जनकार को कथा, अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा, विशाल घिमिरे सहायक निर्देशन रहने छ ।
करोडपतिबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका रमेश उप्रेतीको पछिल्लो चलचित्र ‘ऐश्वर्य‘ एकदमै चलेको चलचित्र हो । त्यसपछि उनले कुनै पनि नेपाली चलचित्रमा काम गरेका छैनन् । हालको चलचित्र ‘झरीपछिको इन्द्रॆणी‘मा उनको मुख्य भूमिका रहने छ । उनि संगै यस चलचित्रमा गणेश उप्रेती, दिपा श्री निरौला, अर्जुन घिमिरे (पाँडे), प्रियाना आचार्य (मुन्नी) लगायत कलाकारहरुको मुख्य अभिनय रहने छ ।
अभिनेता रमेश उप्रेतीले करोडपति, यो मायाले लौन सतायो, पराई घर, जित, दोधार, यो मायाको सागर, घुम्टो, तिम्रो माया ९९ मेरो माया १००, आफ्नोपन, मायाको जाल, ऐश्वर्य जस्ता दर्जनौ चलचित्रमा अभिनय गरेर दर्शकको मन जितिसकेका छन् । हाल अभिनेता रमेश उप्रेती ‘एश्वर्य २‘ को स्कृप्टमा व्यस्त छन् । ‘यो मायाको सागर २‘ पनि निर्माण गर्ने तयारी समेत गरेका छन् ।