‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ किर्गिस्तानको मन्त्री परिषद र संस्कृति मन्त्रालयको निमन्त्रणामा किर्गिस्तानको चोल्पोन अटे शहरमा किर्गिस्तानको मन्त्री परिषद र संस्कृति मन्त्रालयको आयोजनामा आयोजित 'RUH-SANAT' विश्व परम्परागत संस्कृति र संगीत मेला मा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ ।
तीन दशक भन्दा लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले किर्गिस्तानमा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट उत्कृष्ट साँस्कृतिक प्रस्तुति दिएको छ ।
किर्गिस्तानको चोल्पोन अटे शहरमा अगस्ट १ देखी ३ तारिख सम्म आयोजना भएको मेलामा नेपाल सहित ५० भन्दा बढी देशका कलाकार हरुको सहभागी रहेको मेलामा कलाकारहरुले सामुहिक र एकल सांगेतिक प्रस्तुति दिएका थिए।
एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख डा। आरसी कोइराला ‘रामचन्द्रू‘को नेतृत्वमा सहभागी हुन त्यतर्फ गएको टोलीमा डा। कोइरालाको साथै बरिस्ठ बाध्यबाधक धनेस्वर तिवारी, बरिस्ठ बासुरीबाधक राम भुजेल, बरिस्ठ गायिका तथा बाध्यबधक रिता कुमारी बुढाथोकी र बरिस्ठ सारङ्गीबाधक खुम के सी सहभागि भएको थिए ।
धनेस्वर तिवारीको बाध्ययन्त्र बजाउने कला होस वा राम भुजेलको बासुरी फुक्ने कला अथवा खुम केसीको सारङ्गी रेट्ने शैली मात्र हैन मेलाकै एक मात्र बाध्ययन्त्र बजाउने नेपालीकि रिता बुढाथोकीको मादल फिटाइ देखेर उपस्थित दर्शकले मात्र हैन कार्यक्रमका प्रमुखअतिथि संस्कृति मन्त्रीले उठेर सम्मान गरेका थिए।
सोही अवसरमा समुहका प्रमुख डा। आरसी कोइरालाले संस्कृति मन्त्री देखि उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेट गरी नेपालमा साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्न सकिने सम्भावना बारे तथा भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बारेमा जानकारी दिएका थिए।