नेपाली चलचित्रको विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि नेपाल र सिक्किमबीचको सहकार्यलाई थप मजबुत बनाउन नेपाल सरकारको चलचित्र विकास बोर्डले नवनियुक्त सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटियालाई काठमाडौंमा औपचारिक स्वागत गरेको छ ।
उक्त स्वागत कार्यक्रममा दुवै बोर्डबीच आगामी दिनमा सहकार्यका विभिन्न सम्भावनाहरूमा सकारात्मक छलफल भएको थियो । अध्यक्ष डि.सी.ले नेपाली चलचित्रका लागि सिक्किमसँगको सहकार्य स्वर्णिम अवसर हुने विश्वास व्यक्त गर्दै भुटिया र उनको टिमलाई सफल कार्यकालको शुभकामना दिएका थिए । उहांहरु वीच पछिल्लो ६ महीनामा ३ पटक भेट भएपनि टाशी छिरिगं सिक्किम सरकारबाट बोर्ड अध्यक्ष्य नियुक्त भएपछिको यो पहिलो भेट हो ।
कार्यक्रममा सिक्किमबाट मनोज लामा, दास तामाङ, उत्तम प्रधान लगायको उपस्थिति थियो । भेटघाट कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरे, भारती घिमिरे चलचित्र विकास बोर्डका सदस्यहरू सन्तोष लोहनी, वीरेन्द्र भट्ट , गणेश सुवेदी ,सदस्य सचिव राजेश थापा , कलाकार जीवन लुइटेल, जितु नेपाल, पन्चमी घिमिरे, सम्पादक नकुल खडका, निर्माता केवल तामाङ, ‘कमेडी दरबार’ टिमका श्रध्दा प्रसाईं, बिक्की अग्रवाल र कान्तिपुर फिल्म एकेडेमीका प्रकाश पुरीलगायतको उपस्थितिले कार्यक्रमलाई अझ उत्साहपूर्ण बनाएको थियो ।