एकता पौडेलको डेव्यु निर्देशकिय फिल्म ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । सोमबार बिहान फिल्मका दुई पोस्टर सार्वजनिक गरिएका हुन् । फिल्म मंसिर १२ गते रिलिज हुँदैछ । सार्वजनिक दुबै पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।
डेब्यू निर्देशक एकता पौडेलले आफ्ना दिवंगत मामा निर्देशक शिव रेग्मी- जो पारिवारिक फिल्मका लागि परिचित छन् जसले उनकै विरासत समातेको बुझ्न सकिन्छ । यसअघि टाइटल भिडियो पनि उनले आफ्ना मामालाई स्मरण गर्दै सार्वजनिक गरेकी थिइन् ।
निर्देशक पौडेल न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन् । व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा फिल्महरु समेत निर्माण गरिसकेकी छन् । सम्पुर्ण छायांकन चितवनमा नै गरिएको फिल्म हाल पोष्ट प्रोडक्सनको चरणमा रहेको छ । पौडेलले आफु र आफ्नो टिमले दर्शकलाई ‘हर्ष’ फिल्म उत्कृष्ट रुपमा पस्किने बताउँदै आइरहेकी छन् ।
फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित तथा बाल कलाकार साइमन वादीको अभिनय रहेको छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । फिल्ममा आलोक शुक्लाको छयांकन, समीर/हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।
फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । फिल्ममा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप अधिकारी मुख्य सहायक निर्देशक रहेका छन् । गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ ।