नेपाली कला, भाषा र सांगीतिक क्षेत्रमा सक्रिय प्रतिभालाई सम्मान तथा प्रोत्साहन गर्दै जिनियस म्युजिक प्रा.लि.ले छैठौं संस्करणको ‘जिनियस म्युजिक अवार्ड-२०८१’ आयोजना गर्ने भएको छ । संस्थाको स्थापनाको १०औं वर्ष पारेर २०७६ जेठ ११ गते पहिलो संस्करण सुरु गरिएको यो अवार्ड हरेक वर्ष निरन्तरता दिँदै आएको छ । यसपालि अवार्डका लागि चलचित्र गीत, पप, आधुनिक, लोक तथा दोहोरी र विभिन्न भाषाभाषी गीतलगायत ३५ विधामा मनोनयन सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम यही भाद्र ३० गते काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबमा भव्य समारोहबीच सम्पन्न हुने आयोजकका अध्यक्ष रमेश पाठकले जानकारी दिनुभयो । कार्यक्रममा लोकप्रिय कलाकारहरूको विविध सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ । यस वर्षको ‘जिनियस दीर्घसाधना सम्मान’ वरिष्ठ लोकगायक प्रेमराजा महतलाई प्रदान गरिने भएको छ । साथै कलाकारिता, पत्रकारिता, समाजसेवा र व्यवसायिक क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट मनोनयनहरू:-
१.सर्वोत्कृष्ट रास्ट्रिय भावको गीत
बुद्धको देश नेपाल – खेमनाथ दाहाल
यो मन त मेरो नेपाली हो – यो मन त मेरो नेपाली हो (चलचित्र)
राष्ट्रिय झण्डा – दिलु सिंह
प्यारो नेपाल – प्रेम गुरुङ
बुद्ध जन्मेको देश – सुमन शेखर मानन्धर
२.सर्वोत्कृष्ट गीतकार (चलचित्र )
हर्क साउद – चाइनेजो जिन्दगानीमा (उनको स्वेटर)
मुक्त उदास – मुटुको चार आना (उपहार)
जयन जे वाइबा – उडायो मन (बेहुली फ्रम मेघौली)
श्रवण मुकारुङ – राई माइलाले (गाउँ आएको बाटो)
नवराज पन्त – रैया चाँदीको (पूर्ण बहादुरको सारङ्गी)
३.सर्वोत्कृष्ट संगीतकार( चलचित्र )
आशिष अविरल – म त फ्यान भएँ (पिताम्बर)
अर्जुन पोखरेल – सिनेमा हेर्न जाउँ (बाह्र गाउँ)
सुजन चापागाई – चाइनेजो जिन्दगानीमा (उनको स्वेटर)
बाबुल गिरी – झम्के झमा झम (दिमाग खराब)
जयन जे वाइबा – उडायो मन (बेहुली फ्रम मेघौली)
४.सर्वोत्कृष्ट गायन (चलचित्र)
मेलिना राई – रैया चाँदीको (पूर्ण बहादुरको सारङ्गी)
इन्द्रकला राई – उडायो मन (बेहुली फ्रम मेघौली)
अन्जु पन्त – कहिले गते बिर्सिन्छु (उपहार)
सुनिता थेगिम – राई माइलाले (गाउँ आएको बाटो)
अस्मिता अधिकारी – म त फ्यान भएँ (पिताम्बर)
५.सर्वोत्कृष्ट गीतकार-पप/आधुनिक गीत
तारा अधिकारी – कल्पना नै नगरेको (लेखान्त)
गोविन्द कँडेल आँशु – मायाको घर
रोशनीराज बज्राचार्य – बाढी आयो
डी. पी. खनाल – कश्मीरे गम्छाले
लेखु सहयात्री – तिम्रा पाइलाहरू
६.सर्वोत्कृष्ट गीतकार डायस्पोरा
दीपेन्द्र खड्का – पल पल
दधी कुमार क्षेत्री – फिदा भएँ
अम्बिका गुरुङ – तिम्रो सहारा
हरी उप्रेती- तिम्रो झझल्को
बेनु पी मैनाली – टेन्सन भाको छ
७.सर्वोत्कृष्ट संगीतकार – लोक/आधुनिक गीत
प्रमोद पन्त – खोकी लाग्दा गाह्रो
इन्द्र आर.पी. – गाह्रो लौन साह्रो
जीवन शर्मा – माटोको सुगन्ध
रामकृष्ण थापा – घर जल्यो
अनिल लामा – सैलुङ्गे मेला-२
८.सर्वोत्कृष्ट गायक/गायिका – लोक, पप तथा आधुनिक गीत
इन्द्र आर.पी. – गाह्रो लौन साह्रो
हसना शाक्य – सेल्फी लिउ चन्द्रागीरीमा
कृष्ण काफ्ले – राजामती
अन्जु श्रेष्ठ – तिमी सँगै
महेश शिल्पाकार – तिम्रो यादमा
९. सर्वोत्कृष्ट संगीत संयोजक
एच बी एन किस्मत – मायालाई पानको पात
सञ्जीव बराइली – चुपचाप
कुशल सिंह – खल्ती हेरेर
रिकेश गुरुङ किज् – बिस्तारै
योगेश काजी – लै लै लै
१०.सर्वोत्कृष्ट ध्वनि मिश्रण
मनोज परियार – गुन भुल्यौ
साजन शाह – ज्यान माया
कुमार राना – रिती जाने बैंश
नरेश बी.बी.सी – चुपचाप
एच बी एन किस्मत – मयाली
११.सर्वोत्कृष्ट निर्देशक – लोक/आधुनिक गीत
देवेन्द्र पाण्डे – जुनेली
सन्तोष लामा – तिमी मेरो
कृष्ण रसाल – पछ्यौरीको एउटै पाटो
निशान बानिया – बिदाई
देवेन्द्र कुँवर – फूल देखें
१२.सर्वोत्कृष्ट मोडल महिला – पप/आधुनिक गीत
बिना राउत – अङ्गालोमा
स्मारिका ढकाल – मौसम मौसम
लोसिना लामिछाने – चन्द्रकुमारी
आस्मा विश्वकर्मा – मनमाया
एलिसा शर्मा – झुम्के फुली
१३.सर्वोत्कृष्ट मोडल पुरुष-पप/आधुनिक गीत
विक्रम बुढाथोकी- तिम्रो मन बदलियो
रमेश विश्वकर्मा- माया गर्ने तरिका
लोमस शर्मा- पुकुली
सुरेश कोह्ली-मौसम मौसम
सरोज अधिकारी-हे नीर
१४.सर्वोत्कृष्ट संगीतकार-पप/आधुनिक गीत
भिम बी.सी. – रिती जाने बैंश
सरोज पोखरेल – पल पल
सुनिल राई- फिदा भएँ
योगेश काजी शाह – गागरी
सुनिल बी.सी. – तिम्रो मन बदलियो
१५.सर्वोत्कृष्ट गायक
हेमन्त शर्मा-नम्बरी सुन
शिव परियार- चुपचाप
प्रमोद खरेल-लै लै लै
राज सिग्देल-न त तिमी फूल
रामकृष्ण ढकाल-मायाको घर
१६.सर्वोत्कृष्ट गायिका
रचना रिमाल-चाहान्छु ७
एलिना चौहान-छुट्यो पिरिम
अनु चौधरी- रिती जाने बैंशको
समिक्षा अधिकारी- पान बुट्टे रुमाल
बेनिसा पौडेल- तिमी मेरो प्रिय
१७.सर्वोत्कृष्ट लोक पप गायन
सुवास मण्डल-भेट्दिन राती रातीमा
शिव कैलाश- देउरालीको दोबाटो
सरिता भारती- छोड सताउन
सुमन रेग्मी-चिसो चिसो हावामा
सुजाता के.सी. -हंगामा
१८.सर्वोत्कृष्ट नव मोडल
ध्रुव जी.सी.-तिम्रा पाइलाहरू
मुकेश गुरुङ-तिमी बिना
सुस्मिता बुढाथोकी-भुतुक्कै भएनी
विजय भ्लोन-गाउँकी गोरी
युजिन श्रेष्ठ-घिन्ताङ घिन्ताङ
१९.सर्वोत्कृष्ट मोडल-पुरुष
दुर्गेश थापा- दुश्मन हेरेको हेरै
पल शाह- मायालाई पानको पात
नाजिर हुसेन- के हेरेको टुलु टुलु
सागर लम्साल बले- अधुरो कथा
आकाश श्रेष्ठ- आऊ एउटा बाचा गरौं
२०.सर्वोत्कृष्ट मोडल- महिला
प्रियंका कार्की- दुश्मन हेरेको हेरै
केकी अधिकारी- रिती जाने बैंशको
कविता नेपाली- देउन जोवन
बेनिसा हमाल- चाहान्छु ६
सुरक्षा पन्त- माहुरी घुम्यो रसैमा
२१.म्युजिक भिडियो सिनेम्याटोग्राफर
पवन सुस्लिङ-मायालाई पानको पात
बुद्ध थापा- बस्यौ अलक्कै
हरी हुमागाई- माया गर्ने तरिका
अर्जुन तिवारी-लै लै लै अजय रेग्मी- देउन जोवन
अजय रेग्मी- देउन जोवन
२२.सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक
राकेश दाहाल-कहिले आउँछौ माया
पवन सुस्लिङ- तिमी र म
मिलन विश्वकर्मा-गागरी
विकास दाहाल-माया गर्ने तरिका
अमृत चापागाई- मयाली
२३. सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक
जीवन शाही- गाह्रो लौन साह्रो
गम्भीर विष्ट-नबोल अरुसँग
काजिस श्रेष्ठ- गागरी
विशाल घिमिरे- बस्यौ अलक्कै
माधव शर्मा- रिती जाने बैंशको
२४.सर्वोत्कृष्ट लय-लोक तथा दोहोरी गीत
बसन्त थापा-मयाली
प्रकाश दुतराज- रेशम
खेम सेन्चुरी-मायालाई पानको पात
अर्जुन सापकोटा-बस्यौ अलक्कै
निश्चल दुवाडी-गङ्गे गोठाले
२५.सर्वोत्कृष्ट गायक-लोक तथा दोहोरी गीत
बसन्त थापा-मयाली
प्रकाश दुतराज-रेशम
खेम सेन्चुरी-मायालाई पानको पात
बद्री पङ्गेनी-कन्या राशी
अर्जुन सापकोटा-बस्यौ अलक्कै
२६.सर्वोत्कृष्ट गायिका-लोक तथा दोहोरी गीत
देवी घर्ती- मयाली
शान्तिश्री परियार-हियारै
शान्तारानी परियार- म त ढले ढले
सम्झना भण्डारी-धुरु धुरु मन
पूर्णकला बी.सी.-अब रुन्न धर्केर
२७. सर्वोत्कृष्ट नव गायक/गायिका
श्रीराम पौडेल-आँखा सन्काई सन्काई
तारावीर पाण्डे-माझीको जीवन
रिया खत्री- कोसेली
सञ्जय देवकोटा-कुरा बुझ्देउन
स्मिता बोहरा-ज्यान माया
२८.सर्वोत्कृष्ट गायन-पप
चन्द्र सिंह घले-मायानै हो
सी. डी. विजय अधिकारी-के तिमी मलाई
मानस राज-माया माया-२
सुमन के.सी.-लैजाऊन् तिमीसँगै
सुरेश लामा -माया बस्यो
२९.सर्वोत्कृष्ट गायिका-पप
अभय सुब्बा-सधै भरी
प्रश्ना शाक्य-लामो बाटो
सज्जा चौलागाई-एक्लै
ममता गुरुङ-खुशी तिमी नै हुनु
विद्या तिवारी- उडाइदे
३०.सर्वोत्कृष्ट मोडल-लोक तथा दोहोरी गीत
एलिना रायमाझी-हङकङ मलाया
अस्मिता रनपाल-कसम
मिस पबी-दल्लु दरबार
आयुष्मा कार्की-बाँसको डोको
अञ्जली अधिकारी-खैलाबैला
३१.सर्वोत्कृष्ट भाषाभाषी गीत
ईश्वर मागिया-हाकु पर्सि सिना
समीर खान- तोहोर जवानी
हवल लामा-नशालु हेराइ
चन्द्रमान तामाङ- भुपु मायालु
कमल दाहाल-चरी मर्यो
३२. सर्वोत्कृष्ट कोरियोग्राफर
सन्तोष राजवाहक- चाईनेजो
कृष्ण रसाल-तिमीलाई नै सधैँ
रोशन बिश्वकर्मा-भन्नलाई भाछ धौ
सुरेन्द्र बसेल- मालती र मङ्गले
देवेन्द्र कुँवर- फूल देखें
३३.सर्वोत्कृष्ट तीज गीत
ढकनी र कुरौनी- मञ्जु थापा
माइतै रमाइलो-माधवी अर्याल
ढल्काएर छड्के तिलहरी- सुशभनाथ उप्रेती र यादव घिमिरे
तीजको उमंग- प्रेक्षा गौतम
गाउँ देखी शहर- मनमा राई
३४. पब्लिक च्वाइस अवार्ड
गुन भुल्यौ-सारिका घिमिरे
दुश्मन हेरेको हेरै-दुर्गेश थापा
एकदेव लिम्बू-झिम्झिमाउने आँखाले
रुकुम मैकोट-एस डी योगी
बार्दली-स्वप्न सुमन
३५. पब्लिक फेस अवार्ड
अंशु वर्मा
गुराँस नानी
शिसन बानियाँ
उमर खान
आयुष सिंह ठकुरी