असोज १३ गते फूलपातीदेखि प्रदर्शनमा आउने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० हलहरूमा एकसाथ रिलिज हुने भएको छ । चलचित्रलाई आहाना पौडेलले अमेरिकामा वितरण गर्न लागेका हुन् । पौडेलले अमेरिकामा फिल्म नेपालकै मितिमा लाग्ने जानकारी दिए ।
उनको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० हलहरूमा फिल्म रिलिज गर्न लागेको हो। पौडेलका अनुसार टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका सहर र राज्यमा फिल्म लाग्नेछ ।
त्यहाँका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाज लगायतका चेनमा फिल्म रिलिजको तयारी भैरहेको आहानले जानकारी दिए । सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको फिल्म दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।
फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियङ्का कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।