रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’ टिजर रिलिज भएको छ । निर्माण टिमले आइतबार फिल्ममा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज गरेको हो। डान्सिङ गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन् । उनीहरुको नाचलाई दर्शकले पनि रुचाएका छन् । युना डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको यो गीतको भिडियोलाई दर्शकले माया पाइरहेको छ ।
गीतमा गायक हरि गिरी (बिमर्शी) र शान्तीश्री परियारले गाएका छन् । गीतलाई संगीत र शब्द रचना पनि हरिले नै गरेका छन्। त्यसै गरि गीतको एरेन्ज,मास्टरिङ तथा मिक्सिङ एचबिएन किस्मतले गरेका छन् भने यो गीतको रेकर्डिङ राज खड्काले गरेका छन् ।
यसअघि प्रचार प्रसार सामाग्रीका रुपमा निर्माण टिमले ३९ सेकेण्डको टिजर सार्वजनिक गरेको थियो । उक्त टिनरमा यो फिल्मको कथालाई झल्काएर दर्शकमाझ कौतुहल्ता पैदा गराउन सफल भएको थियो । आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि बैदेशिक रोजगारका लाछि छिमेकी मुलुक भारत पुग्छन् । उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथालाई टिजरले भन्छ। जुन नेपाली समाजको यथार्त चित्रण हो ।
फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालका अलवा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ ।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह रहेका छन् । यो फिल्मको को–प्रोड्युसरमा रिता चौधरीले लगानी गरेकी छन् । तारा थापा ‘किम्भे’को सम्पादन,जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ । फिल्ममा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ ।
फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी (विमर्शी) लगायतको समावेश छन् । गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी) रहेका छन् । फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ ।