आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको फिल्म ‘आ बाट आमा’को युएई, कतार, बहराइन र इजरायलका प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षले बिहिबार यि चार वटा देशमा आफ्नो फिल्म सोल्ट आउट भएको जानकारी दिएको छ ।
यसअघि यस फिल्मलाई हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ । पछिल्लो समय यो फिल्मको विदेशमा उच्च माग बढेको देखिन्छ । यस फिल्मको निर्देशक चन्द्र पन्त हुन् । उनका अनुसार विदेशी बजारबाट आएको उत्साहप्रद प्रतिक्रिया नेपाली फिल्मका लागि सुखद संकेत हो ।
निर्देशक चन्द्र पन्तको कथा तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा विपना थापा,प्रदीप रावत,पल शाह,साईग्रेस पोखरेल,अंशु महर्जन,सिम्रन पन्त,उषा उप्रेती, विशाल पहाडी,रवीन्द्र झा,गजित बिष्ट,हेमराज अधिकारी,दिलिप उखेडा,रचना गौतमको अभिनय रहेको छ ।
फिल्मले आमाको संघर्ष, जिम्मेवारी र समाजले आमाप्रति देखाउने व्यवहारलाई केन्द्रमा राखेको बताइएको छ । यस फिल्ममा ‘बा आमाले पसिनाले घर बनाउनु भयो,हामीले रहर र बाध्यता ‘पासपोर्ट’बनाउनु पर्यो’भन्नै स्लोगनले दर्शकको ध्यान ताकिसकेको छ । किनभने यस शब्दले आमा बुबाप्रति छोराछोरीबीचको गहिरो भावना कथा बुनिएको छ भनेर बुझ्न सकिन्छ ।
नेपालमा फिल्म वितरणको अधिकार आरआर फिल्मस्ले पाएको छ भने फिल्मको डिजिटल अधिकार ओएसआर रहेको छ । आगामी माघ १६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको यो फिल्मबाट निर्देशक चन्त निकै उत्साहित देखिएका छन् । उनको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘ह्रस्वदीर्घ’ हो। जुन गत वर्ष सफल प्रदर्शनमा आएको थियो ।