चलचित्र ‘झिँगेदाउ २’को छायांकन सुरु भएको छ । निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रे जिल्लाको रमणीय क्षेत्र पनौतीबाट ‘झिँगेदाउ–२’ को छायांकन सुरु गरेका छन् ।
मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन सुरु भएको फिल्मको छायांकन सेड्युल ६० दिनको राखिएको छ । यो फिल्मका लागि काभ्रेको पनौतीमा भव्य सेट लगाइएको छ । त्यसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ तथा पालुङमा यो फिल्मको छायांकन गरिने छ ।
कपनगढी सिनेमा प्रालि तथा फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने यो फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहने छ ।
२०८३ को बडादशैँमा रिलिज लक्ष्य राखिएको यो फिल्मको कथा ‘झिँगेदाउ’ सकिएको दृश्यबाटै प्रारम्भ हुने निर्देशक देउजाको भनाइ छ । २०८३ को बडादशैँमा रिलिज लक्ष्य राखिएको यो फिल्मको कथा ‘झिँगेदाउ’ सकिएको दृश्यबाटै प्रारम्भ हुने निर्देशक देउजाको भनाइ छ ।
विष्णु घिमिरे ‘कल्पित’ को छायांकन रहने यो फिल्मका निर्मातामा सुलभ प्रतिक देउजा तथा समीक्षा देउजा रहेका छन् । निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल तथा शिशिर चालिसेले लेखेका हुन् । रोशन श्रेष्ठको द्न्द निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहने फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर र चन्द्र भण्डारी मुख्य सहायक निर्देशक अनि पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन् ।