गायिका लक्ष्मी महर्जनको स्वरमा तयार भएको ‘गयो गयो उमेर, बाँचौ रमेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । बढ्दो उमेर, स्वास्थ्य र विदेशिएका सन्ततिप्रतिको चिन्तालाई विषयवस्तु बनाएर यो म्यूजिक भिडियो तयार परिएको हो ।
रवि सायमीको सम्पादन र निर्देशन रहेको भिडियोमा भवानी शिलाकारको छायांकन, प्रिया कार्कीको शृंगार छ ।
यस गीतमा मिथिला शर्मा , कृष्णभक्त महर्जन, अर्जुन रञ्जित, जिनेन्द्रमान जोशी, न्युछे महर्जन, सुशीला भुजेल, लक्ष्मी भुजेल महर्जन, सबिना महर्जन, उर्मिला जोशी, श्रीजना मानन्धर, लीला कट्टेल, जिभिसन मान जोशी, बीना जोशी, नीरज अंशु प्रधान, चन्द्र मान श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
मिथिला शर्माले भनिन्– ‘म कला क्षेत्रमा लागेर हुर्किँदै गर्दा आशीर्वाद दिने र साथ दिने सबैलाई सम्झँदै गर्दा कति समय बित्यो भन्ने नै थाहा भएन । कसरी नाचेँ, कसरी गाएँ, कसरी हिँडेँ भन्ने सम्झँदै जाँदा समय निकै छिटो बित्दो रहेछ ।’ गयो उमेर’ बोलको गीतले उमेर, समय र जीवनका अनुभूतिहरूलाई प्रस्तुत गरेको छ ।
यो गीतका शब्द सुशीला भुजेलले रचना गरेकी हुन् भने शिव शाहीले यो गीतलाई संगीतबद्ध गरेका छन् ।