फिल्म ‘झरीपछिको इन्द्रेणी’को ओएसटी ‘आम नेपाली बुवा’ले रिलिजको २४ घण्टामा १० लाख भ्युज पाएको छ । आइतवार राती सार्वजनिक ‘झरीपछिको इन्द्रेणी’को यो र्याप गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । गीतको कमेन्ट बक्समा भिडियो हेरेका अधिकांश दर्शकले हालको नेपालको वर्तमान अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेको भन्दै प्रशंसाको ओइरो लगाएका छन् ।
आम नेपाली बुवा’मा र्याप सँगै शब्द पनि बालेनको छ । आम बुवाको संघर्ष, जिम्मेवारी, भावनात्मक सम्बन्ध लगायत समाजको यथार्थ र्यापमा समावेश गरिएको छ । भिडियोमा फिल्मका दृश्यहरू समेटिएको छ ।
फिल्ममा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे ९पाँडे०, प्रियना आचार्य ९मुन्नी०, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।
गीतका शब्द र र्यापको कोरसमा समावेश महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको अंश ‘कुन मन्दिरमा जान्छौ यात्री’ दर्शक तथा श्रोताले रुचाएका छन् । जसले फिल्मप्रति दर्शकमा उत्साह पैदा गर्न सफल भएको छ । यो गीतले २४ घण्टामा नै १० लाख भ्युज पाएपछि यही फिल्मबाट निर्देशनमा डेव्यु गरेका हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले छोटो समयमा दर्शकबाट पाएको यो मायाले उत्सनहित बनाएको प्रतिक्रिया दिएका छन् ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो फिल्म छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए ।
हालसम्म यो गीतले युट्युबमा झन्डै १४ लाख भ्युजसहित १ लाख ५४ हजार बढि लाइक र १३ हजार बढि प्रतिक्रिया पाएको छ । जसमा अधिकांशले बालेनको प्रशंसा गर्दै ‘झरीपछिको इन्द्रेणी’ हेर्न व्यग्र प्रतिक्षामा रहेको प्रतिक्रिया दिएका छन् । यसले फिल्मलाई बक्सअफिसमा इनिसियल व्यापामा ठुलो सहयोग गर्ने देखिन्छ ।