नेपाली चलचित्र ‘एक्लो’ को विश्व प्रिमियर अमेरिकाको न्यूयोर्कमा गरिएको छ । विज्ञान कथामा आधारित यस चलचित्रको एस्टोरियास्थित ‘म्युजियम अफ द मूभिङ इमेज’ मा प्रिमियर गरिएको हो ।
प्रिमियर समारोहमा अभिनेताद्वय प्रदीप खड्का र जेमी बेकन सहभागी भएका थिए । मिस नेपाल नर्थ अमेरिकाका संस्थापक शैलेश श्रेष्ठ, सह-संस्थापक लाक्पा वाङ्बु तामाङ, तमु परिवार न्यूयोर्ककी अध्यक्ष मनिता गुरुङ, वरिष्ठ नृत्य निर्देशक गोविन्द राई समारोहमा सहभागी भएको थियो ।
प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा प्रदीप खड्का, बेनिशा हमाल, कविता नेपाली, विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय रहेको छ ।
चलचित्र १ जनवरी, २०२६ (१७ पुस, २०८२) देखि नेपालमा रिलिज तयारीमा छ । ‘एक्लो’ नेपाल रिलिजको एक सातापछि मध्यपूर्वका देशमा पनि प्रदर्शन हुने भएको छ । पुष २४ गतेदेखि यूएई, कतार र बहराइनमा फिल्म रिलिज हुन लागेको हो । यी तीन देशमा साथीभाइ इन्टरटेनमेन्टले चलचित्रको वितरण गर्नेछ ।
यस फिल्मको कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् भने छायांकन बाबु श्रेष्ठले गरेका हुन् । यसमा रोहित शाक्यको संगीत तथा राजु तामाङको द्वन्द्व निर्देशन, रुपेश तामाङको सम्पादन, रहेको छ । कान्समा स्टल राख्ने यो पहिलो नेपाली चलचित्र हो ।