नेपाली फिल्म 'प्रवासी जीवन' को टिजर सार्वजनिक गरिएको छ । नेपालबाट आफ्नो उज्ज्वल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने संघर्ष, चुनौती र भावनात्मक यात्रालाई फिल्मले चित्रण गर्ने टिजरले बताउँछ । यस फिल्मको टिजर मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो ।
फिल्म 'प्रवासी जीवन' श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका हुन् । रविन आचार्य यस फिल्मका निर्माता हुन् भने अमृत बिसुवाले छायांकन, राम अधिकारीले सम्पादन गरेका छन् ।
फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, श्याम क्षेत्री, महादेव त्रिपाठी, एञ्जेला एक्स बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रशु गिरी, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले अभिनय गरेका छन् ।
'सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल' को सहकार्यसमेत रहेको उक्त फिल्मको सम्पूर्ण छायांकन अमेरिकामै गरिएको हो । 'प्रवासी जीवन' फागुन १५ देखि देशव्यापी प्रदर्शन हुँदै छ । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।