मोफसल दौडाका साथमा ‘बिगुल’ निर्माण टिमले आफ्नो फिल्ममा समाबेश लोकभाकाको गीत ‘बनको कोइली बनैमा रमायो’ शुक्रबार सार्वजनीक गरेको छ । यशराज गचर र ऋचा थापा फिचर्ड गीतमा मनिष चौधरी र शान्तिश्री परियारको स्वर,मनोज चौलागाईको शब्द,संगीत र कमल राईको कोरियोग्राफी छ ।
प्रदर्शन मिति नजिकिदै जादा ‘बिगुल’ फिल्मको प्रचारप्रशारले निकै तीव्रता पाएको छ ।देशको बर्तमान राजनीति अबस्थासँग मिल्दोजुल्दो बिषयको ‘बिगुल’ को फस्र्टलुक पोस्टर,टिजर र ट्रेलरले दर्शकको ध्यान आकर्षित गरिहेको बेलामा निर्माण टिमले पूर्वी नेपाल दर्शक साक्षात्कार कार्यक्रम समापन गरेको छ ।
‘बिगुल’ मा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्माका साथमा बरिष्ट अभिनेता रबिन्द्र खड्का बिशेष भूमिकामा छन् ।
निर्माता कोइरालाले आफूहरु अब केही दिनमै मध्य तथा पश्चिम नेपालका दर्शकमाझ प्रत्यक्ष भेटघाट गर्न जाने तयारीमा रहेको बताएका छन् । भुइँमान्छेको कथा र समृद्ध नेपालको कल्पना आव्हान गरिएको फिल्मका रुपमा ब्याख्या गरिदै आइएको म्याग्नोलिया ग्रुपको ब्यानर महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको फिल्मको पटकथा र सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् ।
काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले बितरण गर्ने फिल्म शिब ढकालले खिचेका हुन भने कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ । फिल्मकोे सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् । रमेश कोइराला निर्देशीत फिल्म ९ माघबाट देशब्यापी प्रदर्शनमा आउदैछ ।