फिल्म 'रमिताको पिरती' को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
फिल्मले प्रेम, विछोड र युवतीको भित्री भावनात्मक संघर्षको कथा भन्ने ट्रेलरबाट अनुमान गर्न सकिन्छ । फिल्ममा आनासहित अभिनेताहरू धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य अभिनय छ ।
लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्ममार्फत अभिनय यात्रा आरम्भ गर्दै मुख्य भूमिकामा डेब्यु गरेका हुन् । अभिनेता धिरज पनि फरक अवतारमा देखिएका छन् ।
फिल्ममा जियाना, गौमाया गुरूङ, पशुपति राई, रेणु योगी, थिन्ले ल्हामोलगायत कलाकारहरूको समेत अभिनय छ । सेरो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्मको लेखन तथा निर्देशन सुदीप्ताले गरेकी हुन् ।
निर्मातामा सागर लम्सार छन् भने कार्यकारी निर्माता आना शर्मा र सन्तोष लम्साल हुन् । सुभाष कोइराला सह-निर्माता रहेको फिल्मको एसोसियट निर्मातामा गणेश पाण्डे र प्रवेश लामिछाने छन् ।
'रमिताको पिरती' माघ २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । यसलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।