यहि आउदो 6th फ़्रेबुअरि अर्थात् सुक्रवार को रात सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र सातौ पटक आ इ फा अवार्ड जितेका सफल गायक “साहिद मालया “नेपाल आउने भएका छन् । साहिद मालया लाइ एल एण्ड एन एजेन्सीले नेपाल मा ल्याउन लागेको हो । एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले भयालेण्टाइन महिना लाइ मध्यनजर गर्दै लाईभ सांगितिक प्रस्तुतिका लागि साहिद मालया नेपाल आउन लागेको पुष्टि गरे । यस कार्यक्रमका लागि व्यापक तयारी भैरहेको पनि उनले बताए ।
विश्वस्तरिय असाधारण ईभेण्ट व्यवस्थापन कौशलका लागि परिचित एल एण्ड एल एजेन्सी नेपालमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू पस्कदै आएको छ विगतमा ६ सय भन्दा बढि उल्लेखनीय कार्यक्रमहरू आयोजना गरेको यस एजेन्सीले प्रतिभाशाली बलिउड संगीतकार, गायक र र्यापर तेरा भाइ जेडबी, बम्बे वाइकिंग्स र विनीत सिंह र र्यापर मेल्लोव डि लाई नेपाली दर्शकहरूमाझ प्रस्तुत गरिसकेको छ ।
नेपाली संगीत प्रेमीहरू साहिद मालया को प्रस्तुती हेर्न उत्सुकतापूर्वक पर्खाईमा रहने दाबी गर्दै कायस्थ भन्छन् ’सबैभन्दा प्रत्याशित ईभेण्ट बन्नेछ यो ६तज पÞm्रेबुअरि अर्थात् सुक्रवार को रात साहिद मालयाले आफ्नो सनसनीपूर्ण संगीतले मञ्चलाई प्रतिध्वनित गर्नेमा म विश्वस्त छु’। समकालीन बीटहरूसँग परम्परागत भारतीय ध्वनिहरू फ्यूजन गर्ने साहिद मालया अद्वितीय शैलीले एउटा भव्य कार्यक्रम हुने कायस्थको दाबी छ।
आफूलाई बलिउडको सबैभन्दा खोजिने गायक र सुमुधुर गायन का ३०मध्ये एकको रूपमा स्थापित गरेका मालया युवा पुस्ता माझ लाइमलाइटमा छन्। ‘कुडमाहि के दिन आगाये ’, रब्बा मैन तोह मार गया होइ , एक कुदी , दो धारी तलवार ,बिखारने का मुझ्को शौक है बडा संगै हालेइ मा उनले नेपाली १२ गाउ मा तिम्रो प्रेम काहनी को पात्रहुन मान्छ जस्ता हिट गीत हरु दिएर चर्चा बटुल्दै उनले संसारभर फ्यान बढाएका छन् ।
यहि आउदो 6th फ़्रेबुअरि अर्थात् सुक्रवार को रात काठमाडौँ सहर को ठमेल स्थित हय क्लब मा आफ्नो सांगेतिक पस्र्तुती रहेको आयोजक नितिन कायस्थले जानकारी गराउदै उक्त साहिद मालया लाइभ इन नेपाल को टिकट बजार भरि उपलब्ध छ ,र उक्त टिकट बिर्की वितरण टिकट संजाल मार्फत भै रहेको आयोजक टिम बिजु श्रेष्ठ र सानु खान ले जानकारी दिनु भयो ।