आज शुक्रबारदेखि दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजको अवसर पारेर 'आबाट आमा' र 'द ब्लु लाइट' देशभरका हलमा रिलिज भएका छन् ।
चन्द्र पन्त निर्देशित 'आबाट आमा' पारिवारिक भावनात्मक कथामा आधारित फिल्म हो । यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायत कलाकारले अभिनय गरेको छन्। फिल्ममा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन् भने अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् ।
फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माताका रुपमा करण सिंह रसाली हुन् । यस फिल्मलाई नवराज उप्रेतीले खिचेका छन् । फिल्मको सम्पादन मिलन श्रेष्ठ, ट्रेलर र टिजरको काम साहिल खानले गरेका छन् ।
त्यस्तै, 'द ब्लु लाइट' मनोवैज्ञानिक थ्रिलर फिल्म हो । चलचित्र ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् । यो उनको पहिलो निर्देशन हो । यस फिल्ममा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, आयुष्मान जोशी, सुरक्षा इटानीलगायत कलाकारहरूको अभिनय छ ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक हुन् । मानसिक स्वास्थ्य, एक्लोपन र मनोवैज्ञानिक द्वन्द्वलाई यसको कथाको केन्द्रमा राखिएको बताइएको छ ।