चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट दिएको छ । चलचित्र राजु शाहको निर्देशन रहेको यो चलचित्रलाई समितिले पिजी सर्टिफिकेट दिएको हो । गत निफ फिल्म फेस्टिभलमा शुभमुर्हूत गर्दै छायांकनमा निस्किएको यो चलचित्र नगरकोटको आसपासका स्थानमा छायांकन गरिएको छ ।
सुकुलढोका मिडिया प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रमा कथा पटकथा सम्बाद सुनिलप्रसाद श्रेष्ठ/राजु शाह र राजेन्द्र भट्टको रहेको छ । चलचित्रको निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह हुनुहुन्छ । मुख्य सहायक निर्देशक शम्भु गौतम र किशोर डंगोल तथा नरेन्द्रकुमार केसी सह निर्दशक रहेको यस चलचित्रलाई दिपेन बस्न्यातले छयांकन एवं सम्पादन गर्नुभएको छ । चलचित्रमा योगेन्द्र श्रेष्ठको द्वन्द्व छ भने सुनिलप्रसाद श्रेष्ठ निर्माण नियन्त्रक हुनुहुन्छ । चलचित्रका गीतमा श्रीपुरुष ढकालको शब्द रचना, रोशन बालुवाको संगीत एवं स्वर रहेको छ ।
राजेन्द्र भट्टको निर्माण रहेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका छ । सानबी, पदम र कमलाको अलवा चलचित्रमा रमेश उप्रेति, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल लगायतको पनि अभिनय समेटिएको छ ।
जाँडले समाजमा कस्तो बदनाम हुन्छ । घरमा कस्तो असर पर्छ । जाँड खाने पुरुषलाई श्रीमती, छोरी र समाजले हेर्न दृष्टिको कस्तो रहन्छ भन्ने विषयवस्तु चलचित्रमा उठाइएको निर्देशक राजुले बताउनुभयो । यस्तै निर्माता सुनिलले चलचित्रले वंश धान्न समाजमा छोरा नै चाहिन्छ भन्ने सोचलाई उजागर गर्दै समाजमा जकडिएर रहको कुसंस्कारका विरुद्ध आवाज उठाएको बताउनुभयो ।
नेपाली चलचित्र क्षेत्रका चर्चित नृत्य निर्देशक शाहले यस अगाडि ‘नमस्ते नेपाल’ लगायतका चलचित्र निर्देशन गर्नुभएको थियो । चलचित्रलाई द पिक स्टुडीयोमा पोष्ट प्रोडक्शन गरिएको छ भने पोष्टर डिजाइन आईडिएल रहेको छ । चलचित्रको वितरकमा एनसिजीएनले रहेको छ ।