यही माघ १६ गतेबाट प्रदर्शनमा भइरहेको फिल्म ‘आ बाट आमा’का मुख्य कलाकार नेपालको पुर्वका दर्शक भेट्न जाने भएका छन् । मंगलबार बिहानैदेखि इटहरी, धरान, विराटनगर, दमकका साथै बिर्तामोडका हलमा कलाकार टिम पुग्न लागेको हो ।
निर्देशक चन्द्र पन्तले फिल्मका मुख्य कलाकार पल शाह,बिपना थापा , उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल कलाकार सहितको टिम पुर्वका हलमा दर्शकसँग भेट्न जान लागेको बताए। हलमा आउने दर्शकसँग भेटेर प्रतिक्रिया लिने समेत जानकारी पन्तले दिए ।
शुक्रबारबाट हलमा लागेसँगै फिल्मका कलाकार पल शाह,विपना थापा,प्रदीप रावत,उषा उप्रेती,सिम्रन पन्त लगायत अन्य कलाकार हल भिजिटमा निस्किएका छन् । दर्शकले फिल्मको प्रशंसा गरिरहेका छन ।
अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको यस फिल्मलाई आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो । यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ । साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ ।
नवराज उप्रेतीले खिचेको यस फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ । यस फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन् ।