फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को ‘ए साइला दाई’ बोलको गीत सार्वजनिक भएको छ । फिल्मले पोस्टर र ट्रेलर सार्वजनिक गरिसकेपछि राजधानीमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक गरेको हो ।
फिल्मको ‘ए साइला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने सविन सुबेदी र युक्ती बिमलीको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा मुख्य कलाकारद्वय आशीर्वाद क्षेत्री र निकिता आचार्यको अभिनय रहेको छ ।
सुदीप भूपाल सिंहको लेखन तथा निर्देशनमा बनेको फिल्म पारिवारिक कथावस्तुमा आधारित छ । फिल्ममा आशीर्वाद र निकिताका अलावा लक्ष्मी गिरी, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ। फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्मलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । फिल्मका गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाले संगीत दिएका छन् ।