फिल्म 'लालीबजार'को टिजर सार्वजनिक भएको छ । बुधबार टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका छन् । आगामी वर्ष २०८३ को बैशाख १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
यम थापाको कथा तथा निर्देशनमा तयार भएको 'लालीबजार' को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्ममा द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरूङ, प्रोडक्सन हेड रूपकप्रताप अधिकारी, संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्ममा कार्यकारी निर्मातामा प्रदीप भट्टराई छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । अभिनेत्री स्वस्तिमा खड्काको फरक भूमिकाले फिल्मप्रति दर्शकको उत्सुकता बढिरहेको छ । 'लालीबजार' षट्कोण आर्ट्सको निर्माणमा बनेको फिल्म हो ।