फिल्म ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ ।
यस गीतको शब्द सौरभ तिम्सिनाले लेखेका हुन् भने संगीत नबिन कार्कीले दिएका छन् । सिनेम्याटोग्राफी अमृत बिस्वाले गरेका छन् भने सम्पादन राम अधिकारीको छ । प्रवासी जीवनका कथावस्तुमा आधारित यो गीतले प्रवासीको पीडा, संघर्ष र भावनात्मक अनुभूति प्रस्तुत गरेको छ ।
उक्त फिल्मलाई श्याम क्षेत्रीसँगै राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् । फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् । अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन गरेका छन् ।
फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, एञ्जेला बस्नेत, महादेव त्रिपाठी, लोकेश भित्रीकोटी, गगन सुबेदि, दिव्या न्यौपाने, , प्रासु गिरिलगायत कलाकारहरुको अभिनय रहेको छ ।
उक्त फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ । यो फिल्म आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ ।