फिल्म ‘परालको आगो’को फस्ट लुक्स सार्वजनिक भएको छ । बिहिबार निर्माण टिमले फिल्मको पहिलो पोस्टर रिलिज गरेको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा,सौगात मल्ल र प्रकाश सपुतलाई देख्न सकिन्छ। तीनै पात्र निकै गम्भीर भावभंगिमामा देखिन्छन् । जहाँ सुहानाको सिउँदोमा सिन्दुर,अनि निधारमा टीका लगाएकी छन् । तर पनि उनको मन खुशी छैन भन्ने भाव पोस्टरमा झल्किन्छ। यता प्रकाश सपुत घुम ओडेर रसिला आँखा पारेका छन् । प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ । यि तिनै पात्रले फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने अनुमान गरिएको छ । पोस्टरमा देखिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथा प्रतीकात्मक रूपमा ‘परालको आगो’ जस्तै सानो कारणले ठुलो परिणाम निम्त्याउने विषयवस्तुमा केन्द्रित हुनसक्ने संकेत गर्छ ।
यस फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन् ।
हरि ॐ सिने मेकर्स प्रा.लिको निर्माणमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् । सुशील देवकोटाले लेखेको यस फिल्ममा छायाँकार संकल्प भुजेल,नृत्य निर्देशन रामजी लामिछाने,सम्पादन मिलन श्रेष्ठ, रंग संयोजक कनाल कँवर रहेका छन् । त्यसै गरि फिल्मको भि.एफ.एक्स. समिर मिया,सत्यम रानाले गरेका हुन् भने टिजर र ट्रेलर साहिल खानले काटेका छन् । त्यसै गरि ५.१ मिक्सिङमा मुकेश शाहले गरेका छन् भने नगेन्द्र घिमिरे निर्माण संयोजनको काम गरेका छन् । त्यसै गरि यो फिल्ममा निर्माण नियन्त्रक ईश्वर घिमिरेको छ भने पाश्वं संगीत किरण तुलाधर,संगीत शान्ती ठटाल, सत्य–स्वरुप, प्रकाश सपुतको रहेको छ । फिल्मको गीतमा गीतकार मनबहादुर मुखिया, सुरेन्द्र राना, प्रकाश सपुतले लेखेका छन् ।
फिल्ममा भेषभूषा डिजाइन सुजन परियार,श्रृंगारको जिम्मा मदन न्यौपानेले गरेका छन् भने केश विन्यासमा रोनिशा अधिकारी रहेकी छन् । यस फिल्मको पोस्टर निर्माण आइडियल डिजाइनर्सले गरेको हो भने कला निर्देशकका रुपमा प्रतिक चौधरी रहेका छन् । मुख्य सहायक निर्देशक करण बहादुर साउद रहेका छन् भने निर्माता सुलभी पोखरेल, सत्यम पोखरेल छन् ।
यस फिल्मको वितरण आर फिल्मसले गर्दैछ भने ओएसआर ओटीटी राईट लिइसकेको छ । गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए । यो फिल्म आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने भएको छ ।