नेपाली फिल्म ‘मुक्तिपुर’ को मंगलवार शुभ मुहुर्त गरिएको छ । बदलाको कथामा बन्न लागेको यो फिल्मको काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्कृप्ट पूजा गर्दै मंगलवारदेखि नै छायांकन समेत थालनी गरिएको छ । मंगलवार गणेश मन्दिरमा कार्य सफलताको कामनासहित पूजाअर्चना गर्दा निर्माण टिम, कलाकार तथा प्राविधिकहरूको उपस्थिति थियो ।
फिल्ममा नाजिर हुसैन, गौरव पहारी, एवनराज उप्रेती, प्रकाश शाहको प्रमुख अभिनयमा रहनेछन् । यो फिल्मबाट आकृति बुढाथोकीले अभिनेत्रीको रुपमा रजतपटमा डेब्यू गर्दैछिन् ।
सुनिल पाण्डेको निर्देशनमा तयार हुने यो फिल्म साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेष्ट फिल्म एकेडेमीको सहकार्यमा बन्ने छ । फिल्मको कथा पनि निर्देशक पाण्डे कै हो । विजय राजवंशी तथा रोशन पासवान निर्माता रहेको यो फिल्ममा विशाल श्रेष्ठ कार्यकारी निर्माता छन् भने केशव गौतम सह–निर्माता छन् र छायांकन सरद महतोको रहने छ ।
फिल्ममा सरस्वती अधिकारी, अनिल कुर्मी, स्वायम केसी, हरोन अली, उदय अली, सारा शर्मा, साथमा घनश्याम जोशी, विमल यादव, ओजस्वी विक्रम विष्ट, सुदिप तिमिल्सिना लगायत अन्य कलाकारहरुको अभिनय रहने छ ।